प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

२०७५ आश्विन ९, मंगलवार १०:३६ गते २०७५ आश्विन ९, मंगलवार १०:३६ गते २०७५ आश्विन ९, मंगलवार १०:३६ गते

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमामकोट, ९ असोज । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्याइएको छ।

मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो। गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो।

प्राधिकरणले उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकप्टर डेढ महीनापछि जिल्ला सदरमुकााम सिमकोट ल्याइएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिनुभयो। पछाडिको पङ्खाले लागेर मुम्बइका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो।
internetkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *