दास परिवारलाई तीन लाख राहत सहयोग

२०७५ आश्विन ९, मंगलवार १०:३८ गते २०७५ आश्विन ९, मंगलवार १०:३८ गते २०७५ आश्विन ९, मंगलवार १०:३८ गते

दास परिवारलाई तीन लाख राहत सहयोगधनुषा, ९ असोज । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा गरेको छ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहतस्वरुप ‘बेटी बचाउ बेटी पढाउ’ योजनामार्फत उक्त रकम दिने घोषणा गर्नुभएको हो । उहाँले तेजाब आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारका लागि यसअघि नै प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरिसकेको थियोे ।

मुख्यमन्त्री राउतले उपचाररत १५ वर्षीया सुस्मिता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको समेत जनाउनुभएको हो । उहाँले तेजाब आक्रमणको छानबिन गरी दोषीमाथि कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोेरिन नदिन आवश्यक उपाय तथा कानूनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेश गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिनुभएको छ ।
internetkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *