पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! आजको राशिफल : २०७५ साल आश्विन १० गते बुधवार

२०७५ आश्विन १०, बुधबार ००:३७ गते २०७५ आश्विन १०, बुधबार ००:३७ गते २०७५ आश्विन १०, बुधबार ००:३७ गते

पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! आजको राशिफल : २०७५ साल आश्विन १० गते बुधवारमेषः–पूर्णतया दिन अनुकुल देखिन्न । लगानी अनुसारको प्रतिफल पाईने छैन । बाध्यात्मक स्थिति खडा गरेर तपाईलाई झुकाउन खोज्ने छन् । त्यागको कुनै मुल्याङ्कन हुने छैन । ज्ञान नभएका विषय बस्तुमा हात नहाल्नु होला ।

वृषः– नकरात्मकको तुलनामा सकरात्मक बढि देखिन्छ । समयको सदुपयोग गर्नुहोला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । सहयोग गर्नेहरु अगाडि नै हुनेछन् ।

मिथुनः– एकाग्र भएर कर्म क्षेत्रमा लाग्नुहोला । अरुको भनाईमा लागियो भने उपलब्धि गुम्ने छन् । नयाँ आय स्रोतको खोजी हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सामान्य खालको सहयोग पाईनेछ ।

कर्कटः– मन्द गतिमा कामहरु अगाडि बढ्ने छन् । दयाँ मायाँमा होइन कर्मबाट पार तरिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । हतारमा कुनै निर्णय नगर्नु होला ।

सिंहः– हेलचक्र्याई नगर्नु होला सुन्दर पक्ष गुम्न सक्छ । धैर्यतामा नै कल्याण हुनेछ । मानसिक तनावमा कमि आउनेछैन । इज्जत प्रतिष्ठ बचाउनु होला । व्यापार व्यवसायमा आएको मन्दि यथावत रहने देखिन्छ ।

कन्याः–दिनको अधिकाँश भाग शुभ नै देखिन्छ ।हिसाव किताव गरेर मात्र अगाडि बढ्नु होला । ढिला सुस्ति नगर्नु होला समयमा गरेका काम सफल हुनेछन् । सहयोगी हात भेटिने छन् । दयाँ मायाँमा नाच्न पाईनेछ,धन साच्न पाइर््नेछ ।

तुलाः– कल्पित कामहरु केहि अगाडि बढ्ने छन् । तर सफलता असफलता भने आफ्नै हातमा हुनेछ । सहयोगी हात खुम्चिने देखिन्छ । आर्थिक उन्नतिका सम्भावना देखिने छन् । लगानीमा थोरै ध्यान पु¥याउनु होला ।

वृश्चिकः– लगनशिल भई गरेका काम सफल हुने छन् । काम गर्दा अरुको मुख नताक्नु होला । सुख,शान्ति कम मिल्ने छ । विश्वास गरेकाले धोका दिन सक्छन् । राजनीति औजार प्रयोग गर्न सके उपलब्धि हात लाग्नेछ ।

धनुः– अर्थ अभाबको महशुस हुनेछ । धन दिएर मित्र नगुमाउनु होेला । काम गर्न स्वास्थ्यले साथ दिने छैन । समयको महत्व वुझ्न नसक्दा पछि परिनेछ । वैराग्यता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

मकरः–समग्रमा दिन शुभ देखिन्छ । योेजना बद्ध अगाडि बढ्नु होला । भय आतुरमा गरेका काम विग्रिने छन् । अरुको कुरा नसुन्नु होला । काम साचेमा उपलब्धि गुम्नेछ ।साझेदारहरुले वेइमान गर्न सक्छ सचेत रहनुहोला ।

कुम्भः–एजेन्सि, निर्माण तथा बास्तु कला जस्ता पेशा व्यवसायबाट लाभ बढि लिन सकिनेछ । नोकरीमा भने असन्तुष्टि बढ्नेछ । लेनदेनमा ध्यान दिनुहोला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार मन्द गति अगाडि बढ्नेछ ।

मिनः– काम गर्ने उत्साहा घट्ने छैन । विरोधीसँगको लडाई जितिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्दा दाम हात पर्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *