लालिगुरास वोर्डिङ घोराहीका विद्यार्थीले निकाले हावाबाट बिजुली

२०७४ माघ ८, सोमबार १६:४८ गते २०७४ माघ ८, सोमबार १६:४८ गते २०७४ माघ ८, सोमबार १६:४८ गते
घोराहीस्थित लालीगुराँस आवासीय माविका विद्यार्थीहरुले सोमवार विभिन्न विज्ञान सामग्रीको प्रदर्शन गरेका छन् । १३ औं बार्षिकोत्सवको अवसरमा उनीहरुले आफै निर्माण गरेका सामग्री प्रदर्शन गरेका हुन् ।

 

सो क्रममा उनीहरुले हावाबाट उत्पादन हुने बिजुलीदेखि स्मार्ट सिटीको परिकल्पनामा तयार पारिएका सामग्री प्रदर्शन गरेका थिए ।

यसैबीच विद्यालयको १३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल केशरमान बिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन दाङका अध्यक्ष यादव गिरीले गुणस्तरीय शिक्षामा जोड दिनुभयो । उहाँले यसका लागि विद्यालय र अभिभावक उत्तिकै जागरुक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि सिस्नुपानी नेपालका अध्यक्ष डा. लोकराज पराजुली, नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी, विद्यालयका पूर्वअध्यक्ष नरबहादुर बुढाथोकी, अभिभावक भरत पछाइलगायतले शुभकामना दिनुभएको थियो ।

विद्यालयका भाइस प्रिन्सिपल हेमराज पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालक शिक्षक गौरव खड्काले गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *