नेपाल कम्युनिस्ट पार्टीको बन्दले रोल्पा प्रभावित

२०७५ आश्विन १०, बुधबार ०६:१७ गते २०७५ आश्विन १०, बुधबार ०६:१७ गते २०७५ आश्विन १०, बुधबार ०६:१७ गते

नेपाल कम्युनिस्ट पार्टीको बन्दले रोल्पा प्रभावितरोल्पा बन्दका कारण सुनसान बनेको लिबाङ बजारको सडकमा क्रिकेट खेल्दै बालबालिका । बन्दले सुनसान बजार । फोटो : खेमबहादुर बुढा

लिबाङ(रोल्पा) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पा बन्द गराएको छ । नेकपाको बन्द आह्वानका कारण बुधबार बिहानैदेखि यहाँका बजार खुलेका छैनन् । यातायातका साधन पनि चलेका छैनन् । उच्च माध्यमिक विद्यालय र क्याम्पसको बिहानी कक्षा अवरुद्ध भएका छन् ।

नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ लाई पक्राउ गरिएको वरोधमा नेकपाले बन्द आह्वान गरेको हो । पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको निशर्तः माग नेकपाको छ । कार्यवाहक सेक्रेटरी विश्वको हस्ताक्षरमा जारी विज्ञाप्तिमा शान्तिपूर्ण रुपमा साँस्कृतिक कार्यक्रममा सहभागी भइरहेका बेला सेक्रेटरी सुवेदीलाई गुण्डा शैलीमा गिरफ्तार गरिएको भन्दै विरोध जनाइएको छ। विज्ञप्तिमा रोल्पा बन्दको घोषणा गरिए पनि कति गते बन्द गर्ने भन्नेबारे भने केही उल्लेख गरिएको छैन।

सुवेदीलाई एक साताअघि रोल्पा नगरपालिका-१० धबाङको भनभनेबाट प्रहरीले नियन्त्रणमा ल्याएको थियो । शान्ति सुरक्षा खलल पारेको आरोपमा उनलाई सार्वजनिक मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुवेदी पक्राउ पर्नुअघि नेकपाका सचिवालय सदस्य दिनेश वली पनि पक्राउ परेका थिए । वली केही दिनअघि रिहा भइसकका छन् । केही दिनअघि मात्रै नेकपाकै अर्का नेता सूर्य खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो । आफ्ना कार्यकर्ताको श्रृखलावद्ध गिरफ्तारीले नेकपाका नेता, कार्यकर्ता आक्रोशित बनेका छन्।

बन्दले जनजीवन प्रभावित भएको छ। करिव ९० हजार विद्यार्थीको पढाइ अवरुद्ध भएको छ। लामो र छोटो दूरीका यातायातका साधन नचल्दा यात्रु अलपत्र परेका छन् । जिल्ला भित्रिने सवारी साधन भिंग्रीमा रोकिएका छन्। दक्षिणी रोल्पा भित्रने सवारी साधन दाङ घोराही र होलेरीको सिमानामा अलपत्र परेको यातायात व्यवसायीले जनाएका छन् । सदरमुकाम लिबाङ सुनसान छ । बालबालिका सडकमा खेलिरहेका देखिन्छ। पूर्वी सुलिचौर बजार, दक्षिण होलेरी र पश्चिमी घर्तीगाउँ, बागमारा लगायतका बजार बन्द छन्।

annapurnapost

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *