सीजीले ल्यायो दशैंतिहार तथा छठ लक्षित उपहार योजनाअसोज १०, २०७५
काठमाडौं – नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले यसपालिको चाडपर्व दशैंतिहार तथा छठलाई लक्षित गर्दै आप्mनो ‘यसपालिको चाडमा, सीजी लाग्यो घरघरमा’ नामक नयाँ उपहार योजना ल्याएको छ ।
उपहार योजना अन्तर्गत अब ग्राहकले सीजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६ प्रतिशतसम्मको आकर्षक बचत (क्यास ब्याक) तथा अन्य विभिन्न पक्का उपहार प्राप्त गर्ने छन् ।
हरेक हप्ता सीजीकै रेफ्रिजरेटर तथा सीजीकै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाइल्याण्ड घुम्ने अवसर पनि रहेको छ ।
योजना अन्तर्गत ग्राहकले सीजी ब्राण्डका टेलिभिजनको खरिदमा ३ वर्षसम्मको वारेन्टी, ३६ प्रतिशतसम्मको बचत तथा सीजी ५ दशमलव १ स्पिकर लगायत सीजी २ दशमलव १ स्पिकर प्राप्त गर्ने छन् ।
सीजी ब्राण्डका रेफ्रिजरेटरको खरिदमा ६० महिनाको वारेन्टी, २१ हजारसम्मको बचत लगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त गर्न सक्ने छन् । सीजी ब्राण्डका वाशिङ्ग मेसिनको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट् वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्न सक्ने छन् । यसैगरी, सीजी ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टमा पनि यस्तै आकर्षक पक्का उपहार रहेका छन् ।
आकर्षक योजना कम्पनीले असोज १० गतेबाट देशभरमा सीमित अवधिका लागि मात्र लागू गरेको छ ।
लोकान्तर
Views: 0