आयो हुण्डाइको यो नयाँ कार जो दुर्घटना हुन् लाग्दा आफै ब्रेक लाग्छ ! मुल्य पनि निकै आकर्सक

२०७५ आश्विन १०, बुधबार ०६:४४ गते २०७५ आश्विन १०, बुधबार ०६:४४ गते २०७५ आश्विन १०, बुधबार ०६:४४ गते

आयो हुण्डाइको यो नयाँ कार जो दुर्घटना हुन् लाग्दा आफै ब्रेक लाग्छ ! मुल्य पनि निकै आकर्सकभर्खरै सम्पन्न १३ औं नाडा अटो शोमा हुण्डाइका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी ‘आयोनिक’ सार्वजनिक गर्यो। नाडा शोबाटै बुकिङ सुरू भएको आयोनिकले शोकै आकर्षक गाडीहरूमध्येमा आफूलाई सामेल गराउन समेत सफल भएको छ।

संसारभर विद्युतीय गाडीको चर्चा र रुची बढ्दो क्रममा रहेकोले नेपाली ग्राहकको माग अनुसार गाडी भित्र्याएको लक्ष्मी इन्टरकन्टिनेन्टलका असिस्टेन्ट जनरल म्यानेजर दीपक थपलियाले जानकारी दिए।

हुण्डाइले विद्युतीय गाडी निर्माण गर्दा धेरै रिसर्च गरेर मात्र गाडी बजारमा ल्याएको कारण आयोनिकमा कुनै पनि शंका गर्नु नपर्ने थपलियाको दाबी छ। आयोनिक डिजेल पेट्रोल गाडी भन्दा केही हिसाबले कमी नभएको कम्पनीको दाबी छ।

आयोनिक बाहिरबाट हेर्दा ‘एरोडाइनामिक’ संरचनामा छ, जसले हावाको अवरोध कम हुने र धेरै चार्ज धेरै खेर जाँदैन। त्यस्तै, एरोडाइनामिकले यसलाई स्पोर्टी लुक्स पनि दिएको छ।

५ सिट क्षमताको यो कार फिचर्सको मामिलामा पनि अरू भन्दा कम नभएको थपलियाको जिकिर छ। यसमा स्विफ्ट बाइ वायर प्रविधि दिइएको छ। यो प्रविधिले गियर परिवर्तन गर्न किबोर्ड चलाएझैँ सजिलो हुने कम्पनीले जनाएको छ।

त्यस्तै, यसमा अटोनोमस इमेर्जेन्सी ब्रेकिङ सिस्टम छ, जसले गाडी ठक्कर लाग्न थाल्यो भने चालकलाई ‘वार्निङ सिग्नल’ दिन्छ, सिग्नल पाउँदा पनि चालकले ब्रेक लगाएन भने गाडी आफैं रोकिन्छ। साथै, यसमा रहेको स्मार्ट क्रुज कन्ट्रोलले सेट गरेको स्पिडमा गाडी चल्छ र कुनै अवरोध आयो भने आफैं स्पिड कम हुन्छ।
onlinebutwal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *