८ माघ, काठमाडौं ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् असई रमेश खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई आज पक्राउ गरेको हो ।
खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत् थिए ।
उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गे्निङ गरेपछि पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा आयोगको टोलीले आज नियन्त्रणमा लिएको हो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0