२०७५ सालको बार्षिक राशिफल, हेर्नुस कुन राशिलाई के कति लाभ ?

२०७५ आश्विन ११, बिहीबार ०५:३९ गते २०७५ आश्विन ११, बिहीबार ०५:३९ गते २०७५ आश्विन ११, बिहीबार ०५:३९ गते

२०७५ सालको बार्षिक राशिफल, हेर्नुस कुन राशिलाई के कति लाभ ?ज्योतिषी दुर्गा प्रसाद भण्डारी
मेष : चू,चे,चो,ला,लि,लू,ले,लो,अ

काठमाडौं । समग्रमा मेष राशि भएका व्याक्तिहरुका लागि २०७५ साल फलदायि रहनेछ । आश्विन १८ गतेसम्म तुला राशि ९सप्तम भाव०मा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । बिशेष गरि पर्यटन,यात्रा,स्कुल,कलेज,बैक तथा बित्तिय जस्ता क्षेत्रमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ ।

समाजमा राम्रा तथा परिणाममुखि काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगारको खोजिमा हुनेहरुले नोकरिमा प्रवेश पाईनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । व्यापार बिश्तार तथा अध्ययनको शिलशिलामा देश बिदेशको यात्रा हुनेछ ।

भाग्यले प्रेमपात्र जुराउनेछ भने लामो समय देखि माया प्रेम गर्ने जोडिहरुले आफ्नो प्रेम सम्बन्ध बिवाहमा परिणत हुनेछ । आश्विन १९ गते ९कष्ट०भावमा प्रवेश गर्ने बृहस्पतिले र वर्ष भरिनै भाग्य भावमा गेचर गर्ने शनिले धार्मिक यात्रा तथा शैक्षिक यात्रा हुने भए पनि आफन्त तथा घर परिवारमा नराम्रा घट्नाको सामना गर्नु पर्नेछ ।

नोकरि छुट्ने तथा राज्य पक्षबाट अनाबस्यक लाल्छाना तथा आरोप लाग्ने हुदा सजक रहनुहोला । व्यापारमा मन्दि आउने तथा महंगा बिलाशी बस्तुहरु हराउने प्रवल सम्भावना रहेकोछ । भौतिक सम्पति प्रयोग गर्दा वा सवारि साधन चलाउदा ख्याल गर्नुहोला शरिरमा चोटपटक लाग्नेछ । फाल्गुन १९ गतेबाट भाग्यभावमा प्रबेश गर्ने बृहस्पतिले लामो दुरिको अध्ययन तथा धार्मिक यात्रा हुनेछ ।

फाल्गुन ९ गतेसम्म कर्म भावमा रहने केतु र शुख भावमा रहने राहुले व्यावसाय तथा नोकरिमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । फाल्गुन ९ गते पछि पराक्रम भावमा प्रबेश गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले खेलकुद तथा पराक्रमि क्रियाकलापहरुमा सहभागि भई नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनितिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ ।

राशि स्वामि मंगल बैसाख २६ गते सम्म धनु भाग्यभावमा शनि सँग गोचर गर्ने हुनाले आट तथा पराक्रम बढेर जानेछ भने कन्फिडेन्ट पावर तथा लिडरसिप क्षमतामा बृद्धि हुनेछ । शनि र मंगलको यूक्तिले सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना नहोला भन्न सकिन्न ।

बैसाख २७ गतेबाट कार्तिक २२ गते सम्म राज्यभावमा गोचर गर्ने उच्च मंगलले रुचक योगको निर्माण गर्ने हुनाले समाजमा प्रतिष्ठित काम गरि नाम कमाउन सकिनेछ । नोकरिमा प्रबेश पाई राज्यको उच्च पदमा आसिन रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । कार्तिक २३ गतेबाट पौष १० गते सम्म लाभ भावमा गोचर गर्ने मंगलले आरोग्ग तथा धन धान्य प्राप्त हुनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ ।

पौष ११ गतेबाट माघ २४ गतेसम्म बिदेश भावमा गोचर गर्ने मंगलले लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा नियूक्ती हुनेछ । खर्च बढेता पनि उपलब्धिमुलमक कामहरु हुनेछन् । माघ २५ गतेबाट चैत्र १० गतेसम्म लग्नमा स्वगृह भएर पुनह रुचम योग बनाउने मंगलले बिशेष गरेर सुरक्षा क्षेत्रसँग सम्बन्धित जागिरमा नियुक्ती तथा बढुवा हुने योग रहेकोछ । चैत्र १० गते पछि कुटुम्ब भावमा जाने मंगलले बोलिमा कठोरता ल्याउने तथा आफन्त सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ ।

आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष रासि हुँनेहरुका लागि शुभ रहनेछ ।

मेष राशि भएका व्याक्तिहरुले प्रत्यक मंगलाबार गणेष भगवानको पुजा तथा आराधना गरि गणेष भगवानलाई खुसि बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ । शनिको लागि बिश्नुको पुजा तथा पीपलमा जल चडाउनाले र बृहस्पतिको लागि बंगलामुखिको दर्शन गर्ने र राहु केतुको लागि बटुक भैरभको पुजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पुजा गर्नाले लाभ मिल्नेछ ।

बृष: ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा

बृष रासि भएका व्यक्तिहरुका लागि संघर्षमय पुर्वाद्धको समय पार गर्दै उत्तराद्धको समय फलदायि रहनेछ । कष्ट भावमा गोचर गर्ने वा वर्ष भरिनै शनिको अढैयाको प्रभावले घर परिवारमा बिषेश गरि पति पत्निबिच दुरि बढ्नेछ भने घरायसि कुरामा आफन्तविच शैद्धान्तिक विषयमा राय बाजिनेछ ।

समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरे अनुसार प्रतिफल पाउँन मुस्किल रहेकोछ । सरकारि ओहोदामा बसेर सेवा प्रवाह गर्ने व्याक्तिहरुबाट अनाबस्यक झन्झट व्यहोर्नु पर्नेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँने हरुले नसा सम्बन्धि समस्या तथा प्यारालाईसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नु पर्नेछ ।

फाल्गुन ९ गते सम्म पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले केहि शुभ संकेतहरु प्रदान गर्नेछ । छिमेकिसँगकोे सम्बन्धमा सुधार ल्याउँनुको साथै दाजदुभाईको सहयोगमा छोटो तथा लामो दुरिको यात्रा हुनेछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निणर्यहरु तपाईकै पक्षमा हुनेछन् ।

भाग्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । फाल्गुन ९ गते पछि कुटुम्ब भावमा गोचर गर्ने राहु तथा अष्टम भावमा गोचर गर्ने केतुले अचानक धन सम्पति हात लागि हुने भएपनि लामो समय सम्म चल्ने रोगको बृद्धि नगराउला भन्न सकिन्न ।

आष्विन १९ गते सम्म छैटौ वा सत्रु घरमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले सामान्यत व्यावसायमा लगानि गरिहाल्ने समय रेहेकोछैन । हरेक क्षेत्रमा प्रतिस्पर्धिहरु हावि हुँन सक्छन् भने ऋण लाग्ने तथा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आयपनि पनि आष्विन २० गतेबाट बृहस्पतिले रासि परिवर्तन गरि सप्तम भावमा जाने हुँनाले व्यापार व्यावसायमा थप लगानि गर्ने वाताबरण बन्नेछ भने व्यावसायमा सहभागि हुँनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् ।

आफुलाई मन परेको मानिससँग वा पति पत्निका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाईलो पारिवारिक यात्राको अधिक सम्भावना रहेकोछ भने व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश बिदेशको यात्रा गर्न सकिनेछ ।

राशि स्वामी शुक्र बैसाख ६ गतेबाट बैसाख मसान्त सम्म लग्नमा गोचर गर्ने स्वगृह शुक्रले मालव्य योगको पनि निर्माण गर्ने हुनाले सवारि साधन तथा बिलाशी सामानको प्रयोग गर्न पाईने तथा मन परेको मानिस वा जीवन साथिको सुख प्राप्त हुनेछ । भाद्र १९ गतेबाट कार्तिक ५ गतेसम्म र मंसिर १३ गतेबाट पौष १८ गतेसम्म प्रतिष्पर्धा भावमा स्वगृह भई गोचर गर्ने शुक्रले न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् भने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

मिथुन: का,की,कू,घ,ङ,छ,के,को,हा

मिथुन रासि हुँनेहरुका लागि पुर्वाद्धको समय परिणाम मुखि काम गर्दै मध्यकाल संघर्ष मय हुदै उत्तराद्धको समय शुभ रहनेछ । आष्विन १९ गतेसम्म पञ्चम९बिद्या,बुद्धि,सन्तान०भावमा गोचर बृहस्पतिले घर जग्गा,हाउजिङ तथा सवारि साधनको कारोबार तथा खरिद बिक्रिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ ।

शेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोष जनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नती हुँनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा निरन्तर लागि पर्ने बिद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायि रहेकोले उत्कृष्ट नतिजाका साथ समाजमा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

फाल्गुन १९ गते पछि सम्तम भावमा प्रबेस गर्ने बृहस्पतिले घर परिवारमा शुभ तथा मांगलिक कार्यहरु हुनेछन् । प्रेम सम्बन्धलाई निकास दिन सकिनेछ ।

आष्विन १९ गतेदेखि फाल्गुन १९ गतेसम्म ऋण,रोग तथा सत्रु घरमा प्रबेश गर्ने बृहस्पतिले र वर्ष भरिनै सप्तम भावमा गोचर गर्ने शनिले कुनै पनि मुद्दा मामिला तथा बिवादमा सहभागि भए हारिने सम्भावना रहेकोछ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । साझदारि व्यावसायमा साझेदारहरु बिचनै शैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ ।

जण्डिज,सुगर,मोटोपन,पथ्थरि तथा मृर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने जीवन साथि सँग मनमुटाब सिर्जना हुनेछ । लामो दुरिको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

फाल्गनु ९ गते सम्म धन भावमा गोचर गर्ने राहु र अष्टम भावमा गोचर गर्ने केतुले खर्चको तुलमाना आम्दानि कमजोर रहने हुनाले व्यापार व्यावासायमा थप लगानि गर्ने बाताबरण टरेर जानेछ ।

आफन्त तथा कुटुम्ब सँग भौतिक सम्पतिको बाडफाडमा बिवाद हुनेछ । पुरातन सस्कृतिलाई लत्याएर अग्रगामी छलाङ मार्न खोज्दा सहयोग तथा समर्थनको अभावमा चाहको गन्तब्य पत्ता लगाउन मुस्किल पर्नेछ । भातिक सम्पति तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । फाग्गुन ९ गते पछि लग्न भावमा गोचर गर्ने राहु र सप्तम भावमा गोचर गर्ने केतुले मानशिक अस्थिरता बढाउदछ भने सवारि साधन हराउने तथा चोरि हुने सम्भावना रहेकोछ ।

रासि स्वामि बुध बर्षको सुरुबाट बैसाख २५ गते सम्म निचो भएर कर्मभावमा गोचर गर्ने हुनाले बाणिमा कठोरता आउने तथा आमाको स्वास्थमा समस्या देखा पर्नेछ । जेष्ठ २६ गतेबाट असार ११ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म चौथो भावमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ भने राजनिति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने बोलेरै धेरै कामहरु गर्न सकिनेछ ।

प्रतिकुल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखिको भक्तिभावका साथ पुजा तथा आराथना गर्नाले लाभ मिल्नछ । आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ ।

कर्कट: ही,हू,हे,हो,डा,डी,डु,डे,डो

कर्कट रासि हुँनेहरुका लागि यो वर्ष बिभिन्न अवसरहरुको सदुपयोग गरि जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेकोछ । आष्विन १९ गते सम्म शुख भावमा गोचर गर्ने बृहस्पतिले आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । कृषि तथा चौपाया व्यावसायमा लगानि बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।

घरजग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने स्थाई सम्पति जोड्ने समय रहेकोछ । आष्विन १९ गतेदेखि फाल्गुन १९ गते सम्म बिद्या भावमा गोचर गर्ने बृहस्पतिले बिद्यार्थिहरुले पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् ।

शेयर बजार,अध्ययन अध्यापन,बैक तथा बित्तिय क्षेत्रमा समय खर्चिने हरुले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरिमा बढुवा हुँने योग रहेकोछ । माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य बर बधुको लगन गाठो बाधिनेछ । फाल्गुन १९ गते पछि सत्रु भावमा प्रबेस गर्ने बृहस्पतिले ऋण,रोग तथा सत्रुको बृद्धि गर्नेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ

वर्षभरिनै छैटौ भावभा गोचर गर्ने शनिले बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रहि काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुन्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।

ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायि रहनेछ । सामाजिक मर्यादा तथा निति निययको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । मावलि तथा मामा पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

फाल्गनु ०९ गते सम्म लग्नमा गोचर गर्ने राहु र पत्नि स्थानमा गोचर गर्ने केतुले तपाई आफ्नै कारणले कामहरु बिग्रनेछन् । आफन्तहरु टाडिने तथा साझेदारि व्यावसायमा केहि उतारचढाब आउनेछ । फाल्गुन ०९ गते पछि बिदेश भावमा जाने राहु र छैटौ भावमा प्रबेस गर्ने केतुले अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैसाख,जेष्ठ,असोज, मंसिर महिना राम्रो रहेकोछ । बंगलामुखि देबिको पुजा तथा आराधना तथा शनिबार बिश्नुको पूजा तथा पिपलमा जल चडाउँला लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरबको पुजा तथा आराधाना गर्दा लाभ मिल्नेछ ।

सिहं: मा,मी,मू,मे,मो,टा,टी,टू,टे

सिंह रासि भएका हरुका लागि समग्रमा समय राम्रो रहेकोछ । आष्विन १९ गतेसम्म पराक्रम भावमा रहने बृहस्पतिले यात्राको क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध बिग्रनेछ भने कुटुम्बजनसँग झै झगडाको योग बन्नेछ । बिचौलियाहरुको प्रभावमा परि तपाईबाट नराम्रा निर्णयहरु हुन सक्छन् ध्यान दिनुहोला । सरकारि पद धारण गरि सेवा प्रबाह गर्नेहरुबाट अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ ।

आष्विन १९ गतेपछि फाल्गनु १९ गतेसम्म सुख भावमा गोचर गर्ने बृहस्पतिले घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ । पैत्रिक सम्पति आफ्नो नाममा आउने योग रहेकोछ । नाफामुखि व्यावसाय भन्दा सेवामुखि व्यावसाय फस्टाएर जानेछ भने प्र्रयत्न गर्दा राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई बिवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ ।

फाल्गुन २० गतेबाट पञ्चम भावमा प्रबेश गर्ने बृहस्पतिले शेयर बजार तथा बैकिङ क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् । बौद्धिक क्षेत्रमा सामेला भई आफ्नो तार्किक भनाई प्रश्तुत गर्ने अवसर जुर्नेछ ।

फाल्गनु ९ गतेसम्म खर्च भावमा गोचर गर्ने राहु र छैटौ भावमा गोचर गर्ने केतुले औषधि उपचार खर्च बढाउँने तथा सुखमा कमि गर्ने तथा पशु चौपायबाट हानि हुँनेछ । घर छोडि देश बिदेशको यात्रा हुँनेछ भने राज्यबाट अपमान,दण्ड तथा जरिवाना सहनु पर्नेछ । प्रतिश्पर्धिहरु तथा सत्रुहरु हाबि हुँनेछन् । काममा वा व्यावसायमा बिध्नबाधाहरु गर्नेहरुले सताउँन सक्छन् । आँखामा कष्टको अधिक सम्भावना रहेकोछ ।

फाल्गनु ९ गतेपछि आयभावमा प्रबेस गर्ने राहु र पञ्चम भावमा प्रबेश गर्ने केतुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । कुटनिति तथा राजनिति क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ दिने हुदा नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ ।

वर्ष भरिनै ९बिद्या, बुद्धि, सन्तान० भावमा गोचर गर्ने शनिले मानशिक अश्थिरता बढ्नेछ भने योजनाहरु कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । सन्तान तथा आफन्त सँग मतभेद रहनेछ । स्वास्थ्यमा नसा तथा ग्याट्रिक सम्बन्धि समस्याले सताउनेछ । अध्ययनमा मन जाने भएपनि शनिको प्रभावले भनेजस्तो नतिजा आउनेछैन । राशि स्वामी सूर्य पौस महिना भरि शनि सँग पञ्चम भावमा गोचर गर्ने हुनाले बुवाको स्वास्थमा समस्या आउनेछ ।

बृहस्पतिको नकरात्मक प्रभावबाट बच्न देबि तथा बंगलामुखिको पूजा तथा आराधना गर्ने शनिदेवलाई खुसि पार्नको लागि बिष्नुको पूजा तथा आराधना, पीपलमा जल चडाउँने, राहु तथा केतुको लागि भैरबको दर्शन तथा आराधना गर्नुपर्दछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेकोछ ।

कन्या: टो,पा,पी,पु,ष,ण,ठ,पे,पा

कन्या रासि हुँनेहरुका लागि समग्रमा यो वर्ष राम्रो रहेकोछ । आष्विन १९ गतेसम्म धनस्थानमा र आष्विन १९ गतेपछि पराक्रम भावमा जाने बृहस्पतिले समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको गतिलो समर्थन पाउँनेछन् भने राज्यबाट पद पाउँने अधिक सम्भावना रहेकोछ । काउन्सेलिङ,मोटिभेसन,गाएन तथा संगितको क्षेत्रबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । सांगितक कार्यक्रमकै शिलशिलामा देश बिदेशको यात्रा हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतीको गतिलो सम्भावना रहेकोछ ।

व्यापार व्यावसायमा समय खर्चिने हरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । कुनै पनि काम गर्न जोस जागर आउँने तथा ईच्छाशक्तिमा बृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरुलाई बिबाहमा परिणत गरि घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाईने हुँनाले मन प्रशन्न रहनेछ ।

फाल्गुन ९ गतेसम्म लाभस्थानमा गोचर गर्ने राहुले र पञ्चम भावमा गोचर गर्ने केतुले अकस्मात धन तथा भौतिक सम्पति लाभ हुँनेछ भने ईष्टमित्रहरुबाट सहयोग प्राप्त हुँनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरि प्रशस्त आम्दानि गर्न सकिने तथा सरकारि धन तथा सम्पति प्राप्त हुँनेछ ।

दाजुभाई तथा छिमेकिबाट तपाईको थाल्नु भएको काम र चाल्नु भएको कदममा साथ रहनेछ । बिवादित बिषयलाई टुङग्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । फाल्गुन १९ पछि कर्म स्थानमा प्रबेश गर्ने राहुले र शुख भावमा जाने केतुले मान सम्मानमा अकस्मात बृद्धि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतिर रुचि बढ्नेछ भने भुमि लाभ हुनेछ ।

फाल्गुन १९ पछि सुख भावमा प्रबेश गर्ने बृहस्पति र वर्ष भरिनै सुख भावमा गोचन गर्ने शनिको अढैयाको प्रभावका कारण सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । यात्राका सवालमा केहि कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ ।

आम्दानिमा कमि हुँने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । घर जग्गा तथा पैत्रिक सम्पतिमा बिवाद हुने योग रहेकोछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनाबस्यक दुख दिनेछन् तर जन्म कुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुँनेछ ।

राशि स्वामि बुध जेष्ठ २६ गतेबाट असार ११ गतेसम्म कर्मस्थानमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म लग्न भावमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ भने राजनिति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ ।

कन्फिडेन्ट पावमा बृद्धि हुनेछ भने बोलेरै धेरै कामहरु गर्न सकिनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायि रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउँन,मंशिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुला: रा,री,रु,रे,रो,ता,ती,तू,त

यो वर्ष तुला राश हुने हरुका लागि उत्साहजनक बर्ष रहनेछ । वर्ष भरिनै पराक्रम भावमा गोचर गर्ने शनिले व्यापार व्यावसायमा शुक्ष्म व्यावस्थापन तथा समयको सदुपयोग गर्दै लगानि गर्ने बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । न्यालय फाईनान्स,चार्टर एकाउन्टेन,मेडिकल र वकालत पेशा व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । छिमेकि तथा दाजुभाईबाट सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ । खेलकुद तथा पराक्रमि क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश बिदेशको यात्रा गर्न सकिनेछ ।

फाल्गुन ९ गतेसम्म राज्यभावमा गोचर गर्ने राहु र शुख भावमा गोचर गर्ने केतुले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सांगठनिक बिस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा देश बिदेशको यात्रा हुनेछ । कुटनितिको कारक राहु स्वयम् राज्यभावमा गोचर गर्ने हुनाले राजदुत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाईने तथा स्थानान्तरण हुनेछ ।

पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । त्यस्तै शुख भावमा गोचर गर्ने केतुले घर जग्गा,हाउजिङ, ढुङगा माटो वा कन्ट्रक्सनको क्षत्रेमा समय लगानि गर्नेहरुका लागि अकस्मात धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । किर्तिमानि काम गरि प्रशिद्धि कमाउँन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

सवारि साधन तथा भुमि प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फाग्गुन ९ गते पछि भाग्यभावमा प्रबेश गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपस्थिति रहनेछ । भाग्यले साथ दिने हुदा सानो सानो प्रयत्नले सकारात्मक तथा उपलब्धि मुलक कामहरु हुनेछन् ।

आष्विन १९ गतेसम्म प्रथम भावमा गोचर गर्ने बृहस्पतिले कामहरु समयमा नसकिने तथा बिलम्ब हुने हुनाले मान सम्मानमा कमि हुनेछ । नितिनियम नमान्दा वा नियम संगत काम नगर्दा राज्यबाट दण्ड तथा जरिजाना हुनेछ । आष्विन १९ गते पछि फाल्गुन १९ गते सम्म धन स्थानमा रहने बृहस्पतिले परिस्थिति अनुकुल बन्ने तथा भाग्ले साथ दिनेछ ।

स्कुल,कलेजत तथा बित्तिय क्षेत्रमा गरिएको लागानि फस्टाएर जानेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने बिबाह गरि घरजम गर्न सकिनेछ ।

राशि स्वामि शुक्र बैसाख ६ गतेबाट बैसाख ३० गतेसम्म अष्टम भावमा स्वगृह भई बस्ने हुुनाले नसोचेको धन तथा सम्पति लाभ हुनेछ । चिट्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ । फेन्सि तथा बिलाशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

साउन १६ गतेबाट भाद्र १७ गतेसम्म र कार्तिक ६ गतेबाट मंसिर १२ गतेसम्म खर्चभावमा निचो भएर गोचर गर्ने शुक्रले उपचार खर्च बढ्ने तथा कष्टकर यात्रा पनि हुन सक्छ ध्यान दिनुहोला । भाद्र १८ गतेबाट कार्तिक ५ गतेसम्म र मंसिर १३ देखि पौस १७ गतेसम्म प्रथम भावमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गरि आर्थिक अवस्था मजभुत पार्न सकिनेछ । घर जग्गा तथा सवारि साधन जोडिनेछ भने घर परिवारमा शुभ तथ मांगलिक कार्य हुनेछ ।

आर्थिक दृष्टिकोणले साउँन, भाद्र,पौस तथा चैत्र अनुकुल रहेकोछ । प्रतिकुल समयमा देबि तथा बंगलामुखिको दर्शन, पुजा तथा आराधना, तथा बृहस्पतिको मन्त्रजप गरि समयलाई फलदायी बनाउन सकिनेछ ।

बृश्चिक : तो,ना,नी,नू,ने,नो,या,यी,यू

यो वर्ष पुर्वाद्धको समय संघर्षमय रहेपनि उत्तराद्धको समय उत्साहजनक रहनेछ । आष्विन १९ गतेसम्म खर्च भावमा गोचर गर्ने बृहस्पतिले लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुनेछ । नोकरिमा आफ्नो कार्य क्षमता देखाउन नसक्दा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । स्वास्थ्या समस्या देखिने हुदा उपचार खर्च बढेर जानेछ भने आखामा समस्या आउनेछ ।

बिशेष गरि कोल्डस्टोर,कलेजो,जण्डिज तथा सुगर रोग भएकाहरुले सचेत रहनु होला । माया प्रेममा एक अर्कालाई शंकाको नजरले हेर्दा नचाहादा नचाहादै छुट्नु पर्ने अवस्था आउँनेछ । आष्विन १९ गतेपछि फाल्गुन १९ सम्म जन्म रासिमा बृहस्पतिको आगमनले सुधारका संकेतहरु देखिनेछन् ।

फाल्गुन १९ गते पछि धनस्थानमा जाने बृहस्पतिले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्र,न्यायिक निकाय, एकाउन्टेन जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पति जोड्ने योग रहकोछ ।

फाल्गुन ९ गतेसम्म भाग्यभावमा गोचर गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले बिभिन्न अवसर आउँने र ति अवसरलाई सदुपयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा पदोन्नतीको वा अनुकुल ठाउँमा स्नानान्तरण हुँनेछ । प्राकृतिक तथा सरकारि स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत प्रशस्त आम्दानि गर्न सकिनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *