घरै बसी बसी अनलाईनवाट दसैमा घर जाने टिकट काट्नुस्

२०७५ आश्विन ११, बिहीबार ११:०२ गते २०७५ आश्विन ११, बिहीबार ११:०२ गते २०७५ आश्विन ११, बिहीबार ११:०२ गते

घरै बसी बसी अनलाईनवाट दसैमा घर जाने टिकट काट्नुस्राजधानी , काठमाडौ । बससेवा डटकममा दसैको अग्रिम टिकट बुकिङ खुला गरेको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै घरमै बसेर अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । काठमाडौवाट बाहिर जान मात्रै हैन दसैमा घर गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले बताए ।

‘हामीले विभिन्न गन्तव्यका लागि यातायात व्यवसायीसँगको सहकार्यमा अनलाइनमाबाट बुकिङ गर्न सकिने व्यवस्था मिलाएका छौ, यात्रुहरूले खालि सिट हेरेर बुकिङ गर्न सक्नुहुनेछ ।’ उनले भने ।

इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर इसेवाका ३५ हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् ।

साथै इप्रभु, इनेट पेमेन्ट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *