नेपाली कामदार दक्षिण कोरिया जाने बाटो थप फराकिलो बन्दै,यस बर्षमात्रै ८ हजार नेपाली कोरिया जानेकाठमाडौं: नेपाली कामदारलाई दक्षिण कोरिया कामदार लैजाने सम्बन्धी सम्झौता नविकरण भएको छ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको हो । यो सँगै थप नेपालीको राजगारीको लागि दक्षिण कोरिया जाने भएका छन् । विभागका वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार आगामी दुई वर्षका लागि इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया लैजाने सम्झौता नवीकरण भएको हो । दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज ४ गतेसम्म थियो। प्रत्येक दुई÷दुई वर्षमा सम्झौता नवीकरण हुँदै आएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार सन् २००८ देखि इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन् । सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९ सय ९८ कामदार कोरिया जाँदैछन् । रोजगारीको गनतव्यको रुपमा धेरै युवाको रोजाईमा कोरिया पर्ने गरेको छ । सस्तो, पारिश्रमिक बढी र रोजगारीको ग्यारेन्टी जस्ता कारणले गर्दा पनि धेरै नेपाली कोरिया जान रुचाउछन् ।
Views: 0