अश्लिल गालि गर्दै शेरबहादुर देउवाले मुख छाडे विद्यार्थीलाई (भिडियो सहित)

२०७६ कार्तिक १६, शनिबार १८:१४ गते २०७६ कार्तिक १६, शनिबार १८:१४ गते २०७६ कार्तिक १६, शनिबार १८:१४ गते

काठमाडाैँ । विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफ्नै पार्टीका नेताहरु विरुद्ध नाराबाजी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, शशांक कोइरालादेखि नेता कृष्ण प्रसाद सिटौलालाई कार्यकर्ताहरूले स्वागतको साटो घेरेर नाराबाजी गरेका छन् ।कार्यकर्ताहरूले ‘विधान मिच्न पाइँदैन, टीके प्रथा चाहिँदैन, हनुमान नेता चाहिँदैन’ जस्ता नारा लगाएका थिए । उक्त नारा सुनेपछि पार्टी सभापति देउवा आक्रोशित हुँदै मुख छाडेका हुन् । कार्यकर्ताहरुलाइ सुरुमा हकारेका देउवाले मुख समेत छाडेको एक विधार्थीहरुले जानकारी दिएका छन् ।

नाराबाजी गरिरहेका एक विधार्थीले मिडिया सामु उल्लेख गर्दै भने: “नाराबाजी गरिरहेका हामीतिर औँला ठड्याउँदै देउवाले मा……,मु………,चि……..सहितका प्रयोग गरेर गाली गर्नुभयो । त्यसपछि हामी विरोध गर्दै पार्टी कार्यालय भित्रै सम्म नाराबाजी गर्दै गयौँ ।” सभापति देउवाले विद्यार्थीलाई मुख छाडेकाे सजिलै अनुमान गर्न सकिने भिडियाेमा देखिन्छ । भिडियाेमा देउवाले नाराबाजी गरिरहेका विद्यार्थीलाई हातकाे औँला ठड्याउँदै रिसाउँदै केही भनिरहेका देखिन्छ । साेही बेला पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताले देउवालाई कार्यालयभित्र लगेकाे भिडियाेमा प्रष्ट देखिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *