कालो तिल खानुका फाइदाहरु जान्न चाहानुहुन्छ?तल पढ्नुहोला!!

२०७६ कार्तिक १७, आईतवार १३:१८ गते २०७६ कार्तिक १७, आईतवार १३:१८ गते २०७६ कार्तिक १७, आईतवार १३:१८ गते

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि हामिले प्रयोग गर्ने गर्छाै। अनुहारमा चायाँ,कालाे पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यस दाग निकाे पार्न सकिन्छ।साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ। उपायहरुलाई नियमित प्रयोग गर्नु भयाे भने छिटाे दाग जान्छ।

कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा कम्मर दुख्ने रोग निको हुँदै जाने छ।

मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जाने छ।जाडो मौसममा मानिसहरु शरीरलाई न्यानो खानेकुरामा बढी जोड गर्छन्।खास गरी तिललाई लड्डु, हलुवा, बर्फी तथा चामलमा मिसाएर खाने गर्दछन्। तीमध्ये बहुउपयोगी चीज हो, कालो तिल। माघे संक्रान्ति पर्वमा नेपालीहरु तिलको सेवन गर्ने गर्दछन्। यसको सेवनले शरीरलाई सक्रिय बनाउनका साथै जाडो मौसममा ऊर्जा दिने रहेको अनुसन्धानले देखाएको छ।

कालो तिल खानुका फाइदाहरु
१. तिलमा धेरै प्रकारका प्रोटिन, क्याल्सियम, फाइबर, भिटामिन डी, बी कम्प्लेक्स लगायत कार्बो हाइट्रेड तत्व प्रचुर मात्रामा पाइन्छ। तिलमा रहेको सेसमिन नामक एन्टीअक्सिडेन्ट तत्व पाइन्छ। यसले क्यान्सरका कोषिकाहरुलाई बढ्नबाट रोक्ने गर्दछ। यही कारणले तिलको सेवनले मानिसलाई फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ल्यूकेमिया, प्रोटेस्ट क्यान्सर र ब्रेस्ट क्यान्सर हुनबाट जोगाउँछ।२. यस्तै तिलको सेवनले हृदयघात, मुटुकको रोग, धमनीकलाकाठिन्य (atherosclerosis)को सम्भावना कम रहन्छ।यसलाई सख्खरसँग मिलाएर खाएमा रुखा निको हुन्छ३. तीलमा मोनो-स्याचुरेड फ्याटी एसिड पाइन्छ जसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्ने गर्दछ। मुटु रोगीका लागि यो बहु उपयोगी हुने गर्दछ। साथै तिलमा नियासिन नामक भिटामिन रहेको हुन्छ जसले मानिसलाई तनाव, मानसिक दुर्बलतालाई हटाउने गर्दछ।५. प्राचीन समयमा शरीरलाई सुन्दर राख्नछ र छालालाई चम्काइ राख्न तिलको तेल प्रयोग गरिन्थ्यो। किनकी यसमा भाइरस, एजिङग तथा ब्याक्टेरिया रहेको हुन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई रक्षा गर्ने काम गर्छ। यसकारण तिलको तेल पनि स्वास्थ्यका दृष्टिकोणले अति उत्तम मानिन्छ। ६. तिललाई नियमित दूधमा सख्खर मिलाएर सेवन गरेमा सास फुल्ने समस्या निको हुनुका साथै छाला चाउरिने समस्या निको हुन्छ।७. बादाम, नरिवल, मेवा र पीपलको पातसँग मिलिएर नियमित तिलको सेवन गर्नाले शरीरमा पाचन शक्ति मजबुत हुने गर्छ।८. तिलको लडडु बनाएर बालबालिकालाई खान दिएर राति सपनामा पिसाब गर्ने रोगबाट मुक्त हुन्छ।९. तील,मेथी र बेसारसँग मिलाएर खाएमा आर्थराइटिसको समस्या देखिदैन।१०. जाडो मौससमा तीलको तेल सेवन गर्नाले डायबिटीजका बिरामीलाई धेरै नै लाभकारी हुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *