केटाहरूलाई समातेर मस्त नाचिरहेकी सोनिकालाई पारसले हाने झापड

२०७६ कार्तिक ३०, शनिबार १६:३४ गते २०७६ कार्तिक ३०, शनिबार १६:३४ गते २०७६ कार्तिक ३०, शनिबार १६:३४ गते

काठमाडौं। सोनिका रोकाया पछिल्लो समय पूर्वयुवराज पारस शाहसँग देखिन्छिन्, काठमाडौंदेखि पोखरासम्म, नाइट क्लबदेखि हेलकप्टरसम्म । बेलाबेलामा उनीहरूका तस्वीर तथा भिडियो पनि भाइरल हुन्छन् । आखिर कसरी पारससम्म पुगिन् त सोनिका ? त्यसको पनि अलग्गै किस्सा छ ।पूर्व राजपरिवार कहिले त्रिसरा त कहिले किङ लाउञ्जमा झुल्किरहन्छ । लिक्युइड लाउञ्जको सञ्चालक भएपछि सोनिकालाई रोयल फेमिलीलाई आफ्नो लाउञ्जमा भित्र्याउने हुटहुटी चल्न थाल्यो । किंग्स लाउञ्ज मा पूर्वराजा ज्ञानेन्द्र परिवारसहित देखिएपछि सोनिका थामिनै सकिनन् । उनले फटाफट फेसबूकमा पूर्वयुवराज पारस शाह सर्च गरिन् ।

पारसका दर्जनौं एकाउन्टमध्ये एउटामा म्यासेज लेखिन्, ‘म विजनेस पर्सनालिटी/भिजे हुँ, मेरो दरबारमार्गमा आफ्नै लाउञ्ज छ । आइ वुल्ड लाइक टु वेलकम यु आवर लाउञ्ज । इफ पोसिबल प्लिज कम ।पारसको फेसबूकबाट रिप्लाइ आयो, ‘ओके ।’ तर, पारसका नाममा फेसबूकमा दर्जनौं एकाउन्ट छन् । सोनिकाको आश त जाग्यो तर भर पर्न सकिनन् ।‘त्यसभन्दा अघि मैले पारस सरकार को हो भनेर चिनेकी पनि थिइनँ । यो भाग्यको खेल हो ?’ उनी भाग्यप्रति अनुग्रहित देखिइन्, तर पनि सोनिकालाई पूर्णविश्वास भने अझै भएन ।तैपनि उनी पहिलोपटक पारसलाई देखाउनकै लागि सिल्क साडीमा सजिइन् ।‘सरकारका अगाडि पर्न कस्तो साडी लगाउनुपर्छ भनेर निकै खोजेर बाइ हार्ट मैले सिल्क साडी लगाएँ,’ उनले भनिन्, ‘छोटा पहिरनमा रमाउने सोनिका फेरि पूजामा रूपान्तरण हुनुको कारण पनि यही हो ।

सोनिकाको वास्तविक नाम पूजा रोकाया हो । पारस उनको लाउञ्जमा पुग्नुअघि अननोन नम्बरबाट कल आयो, ‘हामी हिँड्यौं ।’मेकअप र साडीमा सजिएकी सोनिका फूल लिएर स्वागत गर्नउभिइन् । स्वागत गरिसकेपछि बल्ल सोनिकालाई अन्धकारमा हानेको तीर सही ठाउँमा लागेको विश्वास भयो ।पारस पनि बुढानीलकण्ठमा पढेका, सोनिकाको पाँच वर्ष पनि त्यहीँ बितेका । दुवैका धेरै कुरा मिल्न थाले । कुन हाउसमा बसेको, क्याप्टेन भयौ–भएनौ, यस्तै–यस्तै ।‘हि लभ्स माइ कम्पनी,’ सोनिका भन्छिन्, ‘म एकदम जोली क्यारेक्टर, सबैसँग मिल्न सक्छु ।’ त्यो दिन पारस जुस र खाना खाएर फर्किएको उनले बताइन् ।

‘आई विस्ड टु मिट हिम अगेन,’ सोनिकाले भनिन्, ‘म त अलि हरामी क्यारेक्टर ।’ सोनिकाले पारसलाई भनिन्, ‘आई वान्ट टु मिट यु अगेन ।’‘ओके लेट्स मिट अन्नपूर्ण,’ पारसले जवाफ फर्काए । यति धेरै मानिसको भीडमा पारसले आफ्नो अनुरोध स्वीकार गर्नुलाई नै ठूलो भाग्य मान्छिन्, उनी ।अन्नपूर्णमा भेटेको कुरा त बजारमा गसिप बन्न थालिहाल्यो । त्यो गसिपपछि केही समयसम्म दुवै नबोलेको उनी बताउँछिन्। त्यसपछि अर्को भेटका लागि पारसले नै आग्रह गरे, ‘लेट्स मिट अगेन ।’बाक्लिँदो भेटघाटले मेलमिलाप पनि बढायो । लिक्युइडमा सोनिका वाइल्ड रूपमा प्रस्तुत हुन्थिन् । झ्याप्प केटाहरू समात्ने, मस्तसँग डान्स गर्ने ।सोनिकाको होहल्ला गर्ने बानी र वाइल्ड छवि पारसलाई मन परेनछ । एक दिन नाचिरहेका बेला लिक्युइडमै पारसले सोनिकालाई एक झापड हिर्काए ।पारसको क्रोध सोनिकामाथि बर्सिएपछि रौनकमा डुबेको लाउञ्ज शान्त भयो । पारस भने फटाफट निस्किएर आफ्नो बाटो लागे ।

त्यसयता पारसको संगतले आफूमा धेरै परिवर्तन आउन थालेको सोनिका बताउँछिन् ।पारसले सम्झाएपछि सोनिका वर्षौंपछि मनैदेखि दशैं मनाउन घर गइन् । जब घर पुगिन्, उनलाई पैसाभन्दा ठूलो कर्म रहेछ भन्ने महसूस हुन थाल्यो ।पारसबारे सोनिका भन्छिन्, उहाँ मेरो गुरुका रूपमा पनि आउनुभएको छ, एकदमै मिल्ने साथीका रूपमा पनि आउनुभएको छ, अभिभावकजस्तो पनि हुनुहुन्छ । म यसको सबै क्रेडिट भगवानलाई दिन चाहन्छु ।’(साप्ताहिकमा जनक तिमिल्सिना र प्रकाश रानाभाटले लेखेका छन् ।)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *