कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई प्रम ओलीको आग्रह

२०७६ मंसिर १, आईतवार १६:४४ गते २०७६ मंसिर १, आईतवार १६:४४ गते २०७६ मंसिर १, आईतवार १६:४४ गते

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलामा सम्बोधन गर्दै उनले नेपालले आफ्नो एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन्। ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार संवाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ ।

सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’ , ‘उनले भने। यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभागलाई अहिलेको सरकारले फिर्ता लिन सक्षम रहेको प्रधानमन्त्री ओलीको भनाई छ। राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण देशको गरिमा बढिरहेकोले नेपालमा महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भईरहनुको साथ-साथै नेपालको कुरा अन्तर्राष्ट्रिय जगतमा सुनिन थालेको बताए।उनले भने, ‘कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन् नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *