दैनिक खानुस् अकबरे खुर्सानी कहिँले लाग्ने छैन यस्ता गम्भीर रोगकाठमाडौँ,१२ असोज । गाउँघरमा थुप्रै प्रकारका खुर्सानीहरु उत्पादन गरिन्छ । खुर्सानीले तरकारीलाई स्वादिलो बनाउने मात्र नभएर विभिन्न रोगहरुलाई समेत निको पार्ने गर्छ ।
बजारमा अएका विभिन्न प्रकारका खुर्सानीहरु चिनेर मात्र खरिद गर्नु पर्छ । खुर्सानी मानव शरिरको लागि फाइदाजनक हुन्छ भने कुनै विष जतिकै पनि हुन्छन् । त्यसकारण हरेक व्यक्तिले आफ्नो घरको भान्सामा अन्य खुर्सानी भन्दा पनि अकबरे खुर्सानीको प्रयोग गर्दा उपयुक्त हुने देखिएको छ । आज हामी तपाईहरुलाई अकबरे खुर्सानीको प्रयोग गर्दा हुने फाइदा बारे बताउन गइरहेका छौँ ।
हाम्रो गाउँघरमा सजिलैसँग पाइने अकबरे खुर्सानी मानव स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको छ । अकबरे खुर्सानीको फाइदा बारे वैज्ञानिकहरुले नै स्वास्थ्यको हिसाबले निकै लाभदायक रहेको कुरा प्रमाणित गरेका छन् । अकबरे खुर्सानीले ग्यास्टिक, अल्सर जस्ता रोगहरुलाई निको पार्छ । यति मात्र नभएर अकबरे खुर्सानीलाई अन्य रोगहरुको लागि पनि प्रयोग गर्न सकिन्छ ।
अकबरे खुर्सानीमा पाइने क्याप्सिसिनका कारण शरिरमा देखा पर्ने विभिन्न रोगहरु निको हुन्छ । स्वास्थ्य संस्थामा यस्ता रोगहरु लिएर आएका बिरामीलाई पनि चिमित्सकहरुको सुझाव नै भान्सामा दैनिक रुपमा अकबरे खुर्सानीको प्रयोग गर्न सल्लाह सुझाव दिने गरेको पाइन्छ । यसले तौल घटाउन समेत सहयोग गर्छ ।
mechikali khabar
Views: 0