भारतको बिरुद्द सडकमा उत्रीयो बिध्यार्थी संगठन

२०७६ मंसिर १७, मंगलवार २२:२८ गते २०७६ मंसिर १७, मंगलवार २२:२८ गते २०७६ मंसिर १७, मंगलवार २२:२८ गते

१७ मंसिर २०७६, मंगलवार सुबास बेल्बासे बुटवल। बुटवलमा सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाली भूमि फिर्ता गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । नेपालको भू–भागलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेपछि त्यसको विरोधमा बुटवल बहुमुखी क्याम्पसका विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । अनेरास्ववियुका विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो नेपाली भूमि फिर्ता गर, लिपुलेक कालापनी र लिम्पियाधुरा हाम्रो हो, मिचिएको हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित नाराबाजी गरी प्रदर्शन गरेका थिए ।
विरोध सभा बुटबल बहुमुखी क्याम्पस बाट सुरु भई ट्राफिचोकमा गएर कोणमा परिणत भएको थियोे कोण सभालाइ सम्मवोधन गदै अनेरास्ववीयू रुपन्देहि जिल्ला कमिटि अध्यक्ष लेखनाथ खनालले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै नेपालको भूमि तत्काल नेपाललाईनै फिर्ता गर्न आग्रह गर्दौ अन्यथा नेपालीहरु पनि अब चुप लागेर नबस्ने बताए । सभालाइ सम्वोधन गदै अनेरास्ववीयू जिल्ला कमिटि सह सचिव शेषकान्त पोखेरलले आफ्नो पार्टी सरकारमा भए पनि यस्तो संवेदनशील विषयमा आफूहरूले सधै प्रतिपक्षको भूमिका निवार्ह गर्ने बताए । उनले भारतीय पक्षलाई आफनो नक्सा सच्याउन समेत माग गरे ।

सभामा बोल्दै अनेरास्ववियु जिल्ला कमिटि सदस्य नविन थापा सारु, अनेरास्वीयू जिल्ला कमिटी सदस्य तथा बुटबल बहुमुखी क्याम्पस कमिटि अध्यक्ष भरत अर्यालले भारतीय विस्तारवादको घोर निन्दा गर्दै अब यो प्रदशर्न यहीमात्र सीमित नभएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने र भारतीय विस्तारवादलाई घुँडा टेकाउने बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *