एजेन्सी– बलिउडका सुपरस्टार सलमान खानका जब फिल्म रिलिज हुने समय आउँछ, भारतमा कुनै न कुनै विवाद सुरु भइहाल्छ । ५३ वर्षीय यी अभिनेताको अहिले फिल्म दबंग ३ रिलिज हुने संघारमा छ । तर, यो फिल्म पनि अब विवादमा परेको छ ।त्यो विवाद हो– हुड हुड दबंगमा देखाइएको दृश्यलाई हिन्दु संगठनहरुले आपत्तीजनक मान्नु । गीतको एक दृश्यमा केही साधुहरुले गितार बजाएको देखाइएको छ ।
\त्यति मात्र होइन, सामाजिक सन्जालमा पनि यो फिल्मको विरोध भएको छ । कतिसम्म भने ट्विटरमा त व्यायकट दबंग ३ ट्रेन्डिङमा नै आएको छ ।तर, यो सब विवादले आफू खुसी नै भएको सलमान खानले बताएका छन् । ‘जुनसुकै ठूलो फिल्म रिलिज हुँदा पनि विवाद देखिन्छ,’ उनले भनेका छन्, ‘अहिले यो फिल्मलाई लिएर विवाद भएको छ । यसको अर्थ यो पनि ठूलो फिल्म हो । त्यसैले पनि म खुसी नै छु ।’
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0