बाग्लुङ जीप दुर्घटना : बेपत्ताको शव फेला, मृतकको संख्या १५ पुग्यो

२०७६ मंसिर १८, बुधबार १७:२६ गते २०७६ मंसिर १८, बुधबार १७:२६ गते २०७६ मंसिर १८, बुधबार १७:२६ गते

१८ मंसिर, गुल्मी । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षीय धनबहादुर कार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका कार्कीको शव दुर्घटना स्थल भन्दा केही तल खोलामा बुधवार भेटिएको हो । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको थियो ।

यो पनि पढ्नुहोस : बागलुङ जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत : दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेका छ । जीप दुर्घटनामा १ जना बालकसहित १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर ३ जना गमभिर घाइते भएका थिए । उनिहरुको थप उपचारको लागि हेलिकोप्टर मार्फत मंगलबार नै काठमाडौं लगिएको छ ।गुल्मीको इश्माबाट २४ जना जीपमा सवार रहेको र बीच सडकमा प्रहरीले केहीलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ ।दुर्घटनामा मृत्यु भएको शोकमा इश्मा गाउँपालिकाले बुधबार सार्वजनिक बिदाम समेत दिएको छ । जीपमा सवार सबै गुल्मीबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिँडेका थिए । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाग्लुङ दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो पनि पढ्नुहोस : शोक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री पोखरेलले सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्युनिकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक रहेको बताए । दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कम्जोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक मुख्यमन्त्रीको शोक बिज्ञप्तीमा उल्लेख छ । प्रदेश सरकारले दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको छ । यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी,यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक उल्लेख गरिएको छ ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *