कोहलपुरमा स्कूले विद्यार्थीको टाउकोमा जब गोली बर्सियो….(हेर्नुहोस भिडियो सहित)

२०७६ मंसिर २२, आईतवार १८:११ गते २०७६ मंसिर २२, आईतवार १८:११ गते २०७६ मंसिर २२, आईतवार १८:११ गते

काठमाडौं । बाँकेको कोहलपुर आइतबार दिनभर तनावग्रस्त रहयो ।बिहान कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको हो ।घटनापछि आक्रोशित भएका स्थानीय र विद्यार्थीले ट्रकमा आजगनी गरेका छन् भने आधा दर्जन अन्य गाडीसमेत तोडफोड गरे ।यसक्रममा प्रहरीले गोली चलायो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ३० राउण्ड हवाइ फायर मात्र गरेन स्कूले विद्यार्थीलाई नै गोली हान्यो ।

झडपका क्रममा स्थानीय त्रिभुबन माबि कक्षा ९ मा अध्यनरत शुसील थापाको टाउकोमा गोली लाग्यो ।गोली लागेपछि थापालाई उनका साथीहरुले मोटरसाइकलमा राखेर अस्पतालतर्फ दौडाए ।टाउकोबाट रगत बगिरहेको र अस्पतालतर्फ दौडाइरहेको थापाको सोही भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । पत्रकार रविन्द्र सिंह ठकुरीले पोष्ट गरेको भिडियो र फेसबुक स्टाट्स एकाएक भाइरल बनेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *