धीरज काेरी/कपिलवस्तु, २३ मंसिर – कपिलवस्तु नगरपालिका ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा मन्त्री बरालद्वारा आई.सि.टि ल्याबकाे शुभारम्भ एवम् विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ।
क्याम्पसकाे अध्यक्ष रामदास गुप्ताकाे अध्यक्षता र डा.विनय कुमार पाण्डे काे स्वागत मन्तव्यवाट कार्यक्रमकाे सुरुवात गरिएको थियो। यसै क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालबाट आई.सि.टि ल्याबकाे शुभारम्भ गरेर विज्ञान संकायका विद्यार्थीहरुले बनाएको शैक्षिक सामग्रीहरुकाे मन्त्रीद्वारा अवलोकन गरिएको थियो। आई.सि.टि ल्याब प्रदेश ५ को अर्थिक सहयोग र क्याम्पसकाे सहयोग वाट निर्मित भएको छ।
कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रमुख अतिथि ,सामाजिक विकास समिति प्रदेश ५ का सभापति दृर्घनारायण पाण्डे विशिष्ट अतिथि,प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव विशिष्ट अतिथि ,मायादेवी गाउपालिका काे प्रमुख बजरंगी चाैधरी अतिथि,जिल्ला प्रमुख गजेन्द्र बहादुर श्रेष्ठ, क्याम्पस संचालक समिति काे सदस्य ,प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियो ।
Views: 0