रुसी सेनामा थपिइयाे हाइपरसोनिक मिसाइल

२०७६ पुष १२, शनिबार १९:५५ गते २०७६ पुष १२, शनिबार १९:५५ गते २०७६ पुष १२, शनिबार १९:५५ गते

रुसले ध्वनिभन्दा २७ गुणा तीव्र गति भएको हाइपरसोनिक मिसाइल आफ्नो सेनामा समावेश गरेको छ ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो मिसाइल परमाणु क्षमतायुक्त भएको र आवाजको गतिभन्दा २७ गुण तीव्र गति भएको बताए ।

पुटिनका अनुसार यसको तीव्र गतिका कारण कुनै पनि प्रणाली यसबाट बच्न नसक्ने बताएका छन् ।२७ दिसम्बरमा उक्त मिसाइल रुसी सेनामा सामेल गरिएको रुसी रक्षामन्त्री सर्गेई शोङ्गुले बताए । यस मिसाइललाई कहाँ तैनात गरिने भन्नेबारे गोप्य राखिएको बताइएको छ । के हो हाइपरसोनिक मिसाइल ?हाइपरसोनिक मिसाइल आवाजको गति (१२३५ किमी प्रतिण्टा) देखि कम्तिमा पाँच गुणा तीव्रगतिमा उडान भर्न सक्छ । अर्थात यसको न्यूनतम गति ६१७४ किमी प्रतिघण्टा हुन्छ ।

हाइपरसोनिक मिसाइलमा क्रूज र ब्यालेस्टिक मिसाइल दुवै फिचर्स हुने र मिसाइल लन्च हुने बित्तिकै पृथ्वीको कक्षभन्दा बाहिर जाने बताइन्छ । यसपछि यसले जमीन वा हावामा रहेको टार्गेटलाई आफ्नो निशाना बनाउँछ । यसलाई रोक्न गाह्रो हुने र तीव्र गतिका कारण राडारले पनि थाहा नपाउने बताइन्छ ।

अमेरिका गत अगस्त महीनामा मध्यम दूरीका घातक मिसाइलको परीक्षण रोक्न गरिएको ३० वर्ष पुरानो इन्टरमिडियट रेन्ज फोर्सेस (आईएनएफ) सन्धिबाट आफू अलग भएको घोषणा गरेको थियो ।सन्धिबाट अलग भएको एक हप्तापछि २० अगस्तमा ५०० किलोमिटरभन्दा बढी दूरीमा मार हान्न सक्ने एक क्रूज मिसाइलको परीक्षण गरेर रुसलाई चनौती दिएको थियो।रुसले त्यसैबखत अमेरिकाले सम्झौता रद्द गरेकोले उसले पनि मिसाइल परीक्षण गर्ने बताएको थियो । त्यसपछि दवै देशबीच तनाव बढ्दै गएको बताइन्छ ।–एजेन्सी

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *