काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी नगरकोट नाल्दुम पर्यटन विकास समितिले शनिवार चाँगुनारायण नगरकोट पदयात्रा सम्पन्न गरेको छ । भ्रमण वर्षका लागि पदमार्गको पहिचान गरी विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिसरबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म आयोजना गरिएको पदयात्राको ३ नं प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गर्दै अथाह पर्यटकीय सम्भावना बोकेको भक्तपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन सबै लाग्नुपर्ने बताए ।

चाँगुनारायण मन्दिरबाट शुरु भएको आठ किलोमिटर लामो पदयात्रा सहभागी स्वदेशी तथा विदेशी पर्यटकले यहाँका विभिन्न सम्पदा क्षेत्र, हिमाली दृश्य, ग्रामीण परिवेश, जङ्गली पशुपक्षीको अवलोकन गर्दै नगरकोट पुगेर सम्पन्न भएको समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।उनले आगामी जनवरी १ मा नगरकोटबाट ‘सूर्यको पहिलो झुल्को’ भन्ने नाराका साथ कार्यक्रम गरिने र आगामी माघ ११ गतेदेखि तीन दिनसम्म नगरकोट महोत्सव आयोजना गरिने पनि बताए ।खबर हब

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *