कार बिस्फोटमा परी मृत्यु हुनेको संख्या ७६ : बिस्फोटको जिम्मा कसैले लिएन

२०७६ पुष १२, शनिबार २०:१४ गते २०७६ पुष १२, शनिबार २०:१४ गते २०७६ पुष १२, शनिबार २०:१४ गते

अफ्रिकी मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ। राजधानी मोगादिशुस्थित सुरक्षा जाँच केन्द्रमा बिहानको व्यस्त समयमा कार बम बिस्फोट भएको बिबिसीले जनाएको छ। मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका अधिकारीले जनाएका छन्। घटनामा कम्तीमा ७० जना घाइते भएको बताइएको छ। स्थानीय मदिना हस्पिटलका डाक्टर मोहमेद युसुफले विस्फोटमा मृत्यु भएका ७३ जनाको शव बुझेको बताएको समाचार एजेन्सी एपिले जनाएको छ।

अधिकारीहरूले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन। त्यस क्षेत्रमा अल सबाब सशस्त्र समूहले लामो समयदेखि हिंसा मच्चाउँदै आएको छ। अलकायदासँग सम्बन्ध भएको अल सबाबले दश वर्षयता सोमालियामा हिंसा मच्चाइरहेको छ। राजधानी मागादिशुबाट अल सबाबको नियन्त्रण सन् २०११ बाट हटाइए पनि अल सबाबकै नियन्त्रण रहेका केही क्षेत्रहरूमा हिंसा मच्चिने गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *