आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने ; एसिया कप क्रिकेट प्रतियोगिता आज सुरु

२०७५ आश्विन १३, शनिबार ०२:४५ गते २०७५ आश्विन १३, शनिबार ०२:४५ गते २०७५ आश्विन १३, शनिबार ०२:४५ गते

काठमाडौं शनिबार, १३ असोज, २०७५   १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिता आज सुरु हुँदै छ । बंगलादेशमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल विजयी यात्रालाई अगाडि बढाउन उद्देश्यसहित मैदानमा उत्रँदै छ ।संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो ।

 

गत प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र युएई छन् । त्यस्तै समूह बी मा श्रीलंका, बंगलादेश, पाकिस्तान र हङकङ छन् ।

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । गत संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

एसिया कप हुनुअघि भारतमा भएको एक दिवसीय शृङ्खलामा नेपाल भारतका दुवै टोलीसँग पराजित हुँदा अफगानिस्तानलाई हराउन सफल भएको थियो ।

त्यसपछि गत  तेस्रो स्थानका लागि भएको भिडन्तमा भने नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

यसपटक मोहम्मद आसिफ शेखको कप्तानीमा मैदानमा उत्रने गत टिमले पुरानै लयलाई समात्नेमा आशावादी रहेको मुख्य प्रशिक्षक विनोद दासले बताएका छन् ।

image khaber

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *