नेपाली निर्माताले हिन्दी चलचित्र ´लैला मन्जु’ निर्माण गर्दै

२०७६ पुष २१, सोमबार २२:४९ गते २०७६ पुष २१, सोमबार २२:४९ गते २०७६ पुष २१, सोमबार २२:४९ गते

काठमाडौं २०,पौष।  नेपाली फिल्म कम्पनी एबी इन्टरनेशनलले ‘लैला मन्जु’ नामक हिन्दी चलचित्र निर्माण गर्ने भएको छ ।एबी इन्टरनेशनलको बैनरमा निर्माण हुने चलचित्र ‘लैला मन्जु’ मा प्रेमराज प्रोडकस्न र मुरलीवाले प्रोडकस्नको सहकार्य रहेको छ ।चलचित्रलाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले निर्देशन गर्नेछन्। निर्देशक प्रेम राज सोनिले भारतीय सुपरस्टारको फिल्म निर्देशन गरिसकेका छन् ।यस्का निर्माता अमित बस्नेत छन् भने कार्यकारी निर्माता अजित कुमार थापा,दिनेश गुप्ता हुन् । सह-निर्माताको रूपमा अङ्कित गौतम र अनिल थापा रहेका छन् ।

चलचित्रमा बलिउडका चर्चित कलाकार जिमि शेरग्रेल,महेश मान्ज्रेकर लगाएत रहेका छन् भने नायिकाको रुपमा मिस युनिभर्स ईन्डिया २०१८ नेहाल चुडासामा रहेको छ । चलचित्रको नायक छिटै सार्वजनिक गरिने कार्यकारी निर्माता अजित थापाले जानकारी दिएका छन् । यसको छायाकार अत्तर सिंह साइने रहेका छन् ।चलचित्रको शुभ मुहर्त वासु भगनानेको प्रमुख आतिथ्यतामा भएको थियो । यसको छायांकन अङ्ग्रेजी नयाँ बर्ष बाट प्रारम्भ भएको छ। यसको अधिकासं छायांकन बेलायतमा हुनेछ साथै नेपाल र भारतमा पनि गरिनेछ ।

यहीँ बर्षको मै महिनामा रिलिज तयारी रहेको छ ।यस चलचित्रको लगानी नेपाली फिल्म मेकरको लागि अहिलेसम्म कै ठुलो बजेट रहेको छ ।नेपाली चलचित्र जगतमा एउटा छुट्टै पहिचान बनाउदै स्थापना भएको कम्पनी हो एबी इन्टरनेशनल यो कम्पनीले नेपाली चलचित्र ´पासवर्ड`र ´समालिन्छ कहिले मन`नामक चलचित्र निर्माण गरिसकेको छ। यो कम्पनीले बिगत लामो समय देखि बलिउड चलचित्रमा लगानी गर्दै आएको छ । नपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्र ‘लैला मन्जु’नेपाली बजारको लागि बिल्कुल फरक चलचित्र हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *