अमेरिकी सैनिक क्याम्पमा इरानको क्षेप्यास्त्र आक्रमण

२०७६ पुष २३, बुधबार १०:४५ गते २०७६ पुष २३, बुधबार १०:४५ गते २०७६ पुष २३, बुधबार १०:४५ गते

काठमाडौं, २३ पुस:इराकमा अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा रहेको दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको जनाएको छ।आक्रमण बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल ब्रिफिङ भइरहेको छ। आक्रमणमा भएको क्षति बारे कुनै सूचना सार्वजनिक गरिएको छैन। इरानको सरकारी टेलिभिजनमार्फत पहिलोपटक आक्रमणको समाचार प्रसारण भएको थियो। इरानले अमेरिकाको साथ दिए आफूविरुद्ध उभिने कुनै पनि राष्ट्रमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

शुक्रवार इराकमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएको थियो। इरानले त्यस लगत्तै कस्सिमको ुहत्याु को बदला लिने घोषणा गरेको थियो। इरानी संसदले अमेरिकी सेना र पेन्टागनलाई आतंककारी समूह घोषणा गरेकै दिन इरानले अमेरिकी क्याम्पमा हवाई आक्रमण गरेर बदला लिएको हो। अमेरिका र इरानबीच बढ्दै गएको तनावले मध्यपूर्वमा युद्धको खतरा सिर्जना भएको छ। यसैबीच आक्रमणपछि नाटो र क्यानडाले इराकमा रहेका आफ्नो सैनिकलाई स्थानतरण गर्ने घोषणा गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *