समीर नेपाल/काठमाडौं ३ माघ/नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को ५३ औं साधरण सभा बाट नयाँ नेतृत्व चयन कार्य सम्पन्न भएको छ । अध्यक्षमा प्रजातान्त्रिक समुहका अच्युत गुरागाईं निर्वाचित भएका छन् ।
निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा रमेश थापा,महासचिवमा सुधीर कुमार उपाध्य, सचिबमा जिस्वा तुलाधर श्रेष्ठ,कोषाध्यक्षमा कुमारमणी थपलिया,सह-कोषाध्यक्षमा युविका भण्डारी
त्यस्तै कार्यसमिति सदस्यहरुमा,भरत जङ्ग पान्डे,बिष्णु कार्की, लक्ष्मि कार्की अधिकारी,गिता ढकाल, सुबर्ण श्रेष्ठ,हरि श्रेष्ठ, नवराज भेटवाल,डेन्डि शेर्पा लगाएत निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्षले प्रतिद्वन्द्वी पन्तलाई २४ मत अन्तरले विजयी प्राप्त गरेका छन् ।
निर्वाचनमा तिनवटा समुहले उम्मेद्बारी दर्ता गरेका थिए ।नाट्टाका वर्तमान बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं,पूर्व महासचिव भीम प्रसाद पन्त र पूर्व महासचिव मिहिका राज्य लक्ष्मी शाह धाख्वाले प्यानलसहित अध्यक्ष पदको लागी चुनावी प्रतिस्पर्धामा थिए ।
Views: 0