टुरिष्ट बस एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वमा इश्वरप्रसाद उपाध्य

२०७६ माघ १०, शुक्रबार १८:४६ गते २०७६ माघ १०, शुक्रबार १८:४६ गते २०७६ माघ १०, शुक्रबार १८:४६ गते

समीर नेपाल

काठमाडौं १० माघ

प्रदेश अनलाइन खबर।टुरिष्ट बस एसोसिएसन अफ नेपालको नवौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा बाट नयाँ कार्यसमिती समेत चैन गरिएको छ ।नयाँ कार्यसमितिकोको अध्यक्षमा इश्वरप्रसाद उपाध्य,बरिस्ठ उपाध्यक्षमा टंकनाथ काफ्ले,महासचिवमा दिपेन्द्र अधिकारी,कोषाअध्यक्षमा सुजन आचार्य,सदस्यहरुमा अशोक अर्याल र चिरञ्जीवी रेग्मी मनोनीत भएका छन् ।
पर्यटन मन्त्रालयका सह-सचीव एवम् प्रवक्ता रुद्र सिंह तामाङले समापन कार्यक्रमको प्रमुख आतिथ्यता गरेका थिए भने साधारण सभामा टुरिष्ट बस एसोसिएसन अफ नेपालको महासचिवले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रतिबेदन प्रस्तुत गर्दै उनले नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले मनाइरहेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल सरकारको अर्थतन्त्रको मेरुदण्डको अगंहरु भनेकै केषि, पर्यटन र हाड़ो मध्ये एक पर्यटन हो।उक्त कार्यलाई लक्षित गर्दै समग्र पर्यटकिय गन्तव्यहरुको विकास लागि अपरीहार्य भनेकै सार्वजनिक पर्यटन यातायात हो भन्ने मूल नाराका साथ पर्यटकीय गन्तव्यहरुमा सहजरुपले सविधा सम्पन्न सार्वजनिक पर्यटन यातायात सञ्चालन गरी नेपाल सरकारको अर्थनीति तथा पर्यटन वर्ष २०२० लाई सफल बनाउन हाम्रो संस्थाले काठमाडौँ देखि पर्यटकीय गन्तव्यहरु पोखरा, चितवन,लुम्बिनी, जनकपुर तथा पोखरा देखि चितवन हाम्रा सेवाहरु सञ्चालन गरिरहेको छ।

यसै क्रममा यस संस्थामा आवद्ध सवारी साधनहरुले प्रमुख महत्वका साथ,विश्वसनीय, आरामदायी र आकर्षण सेवा गर्दै आईरहेको जानकारी समेत गराएका थिए ।कार्यक्रमको समापन निवर्तमान अध्यक्ष प्रलाद लोहनीले गर्नु भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *