समिर नेपाल/काठमाडौं२१ माघ – नुवाकोट निर्वाचन क्षेत्र नंबर १को प्रदेश ख बाट निर्वाचित प्रदेशसभा सदस्य बद्री मैनालीले ककनी गाउँपालिकाको वडा नं३ चाउथेफाँटमा अशक्त,गरीब र दीनदु:खीहरूकाे लागि एम्बुलेन्स खरिद गर्न लगाएकाे श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा आफ्नाे शुभकामना मन्तव्य राख्दै व्यक्तिगत तर्फबाट आर्थिक सहयाेग गर्नुको साथै अन्य सहयाेगी हातहरूलाइ पनि सहयाेगकाे लागि अपिल गर्नु भएको थियो ।

समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिदै आएका छन् । लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा मैनालीले गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन ।

त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग गर्नुका साथै खुट्टाकाे क्यान्सर राेगकाे उपचार गरिरहनु भएका नुवाकोट सुर्यगढी गा.पा.वडा ०५ निवासी १४ बर्ष का विशाल ढकालकाे लगाएत सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आईरहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *