याक एण्ड यती होटलमा सञ्चालित रोयल क्यासिनो २० माघबाट कानुनतः अबैध

२०७६ फाल्गुन ६, मंगलवार २२:३७ गते २०७६ फाल्गुन ६, मंगलवार २२:३७ गते २०७६ फाल्गुन ६, मंगलवार २२:३७ गते

याक एण्ड यती होटलमा सञ्चालित रोयल क्यासिनो २० माघबाट कानुनतः अबैध भएको छ ।अदालतको ‘स्टे अर्डर’को भरमा सञ्चालित क्यासिनो रोयल होटलसँगको करार सम्झौता सकिएसँगै अवैध भएको हो । तर, गुन्डागर्दी शैलीमा क्यासिनो सञ्चालन गरिँदै आएको छ। लाईसेन्स पाँच बर्ष अगाडि खारेज भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन हुँदै आएको थियो । घर बहाल करार नाममा समयसीमासम्म ‘क्यासिनो चलाउन दिनू’ भन्ने अदालतको आदेशअनुसार चार बर्षदेखि घर भाडा, ट्याक्स तथा कर्मचारीको तलब समेत चुक्ता नगरी सञ्चालन हुँदै आएको थियो।

२० माघमा होटलसँगको करार सम्झौता सकिए पनि केही आपराधिक समूहले होटललाई मात्र नभइ राज्यको नियम कानुनलाई नै धोती लगाउँदै सञ्चालन गर्दै आएका छन् ।होटल याक एण्ड यतीले घर खाली गर्न राज्यको बिभिन्न निकायलाई लिखित निबेदन दिएको थियो । तर, कतैबाट सुनवाई भएको छैन । क्यासिनो रोयल भने सञ्चालन हुँदै आएको छ । केही भ्रष्ट प्रहरी र नेताको साँठगाँठमा अवैध तरिकाले सञ्चालान हुँदै आएको होटल स्रोत बताउँछ। पाँच बर्षदेखि क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट इन्भेष्टमेन्ट प्रालीको सम्झौता सकिएको थियो । सोही सम्झौताको आधारमा गिल्ट इन्भेष्टमेन्टले कानुनको कमजोरीको फाईदा उठाउँदै सर्वोच्च अदालतबाट चार बर्ष अगाडि स्टे अर्डर लिई सञ्चालन गर्दै आएको थियो। यस अवधिमा गिल्ट इन्भेष्टमेन्टका आधा दर्जनले क्यासिनो सञ्चालन गरे तर कसैले पनि घर भाडा र कर्मचारीको तलब तथा राज्यलाई तिर्नुपर्ने कर तिरेनन् । चार बर्षसम्म अदालतको आडमा लुटतन्त्र मञ्चाएको गिरोह अहिले त्यहि पैसाले क्यासिनो कब्जा गर्ने रणनीतिमा लागेको स्रोतको दाबी छ ।

उक्त क्यासिनो सुरेन्द्र सिंहले लामो समय सञ्चालन गरे । उनले बिभिन्न व्यक्तिलाई बैना गर्दै पैसा लिँदै करोडौं रुपैंया लुटेका थिए । भारतीय व्यापारी आशिश पटेलदेखि गोवाका केही टोलीसँग करोडौं रुपैंया लिएका सिंहले एक बर्ष अगाडि पुन पटेललाई नै १५ करोडमा क्यासिनो बेचेका थिए ।तीन बर्ष रोयल क्यासिनो चलाएका सिंहले याक एण्ड यति होटलसँगै ४० आना जग्गा ६० करोडमा खरिद गरेका छन् । मालपोतमा राजश्व कम तिर्न थैली कम झुण्डाएका सिंहले महालक्ष्मी बैंकमा भने खरिद मुल्य भन्दा बढी ऋण पास गराएका छन् ।सुरेन्द्र सिंहदेखि अनिश शर्मा भन्ने गोर्कण लामिछानेले करोडौं रुपैंयाँ राजश्व, घर भाडा र कर्मचारीको तलब भत्ता चुक्ता गरेका छैनन् । करार अवधि सकिए पनि पैसाको पहुँचमा केही प्रहरीको नाम बदनाम गर्दै भारतीय राजदूतावास कार्यालयमा समेत क्यासिनो चलाउन पाँउ भन्दै रोईलो गर्न शर्माको समूह पुगेको थियो ।

स्रोतका अनुसार शर्माले नेपाल प्रहरीका एक पूर्वडिआईजीदेखि केही क्यासिनो माफियालाई बोकेर हिँडेका छन् । शर्माले काठमाडौं प्रहरीका केही बरिष्ठ प्रहरी अधिकृतका नाम समेत बदनाम गर्दै आफूले ६० लाख दिएर प्रहरीमा सेटिङ मिलाको दाबी गर्दै हिँडेको स्रोतले जनायो, जनप्रहारमा उल्लेख छ ।त्यसो त होटलले एक सूचना जारी गर्दै अज्ञात व्यक्ति र समूहले क्यासिनो सञ्चालन गरेको जानकारीमा आएकाले कानुनसम्मत हिसाबले उक्त कार्य रोक्न भनेको छ । होटलको सूचनामा भनिएको छ,‘क्यासिनो नियमावली २०७० को नियम ३मा इजाजतपत्र नलिई क्यासिनो चलाउन नपाउने पर्यटन मन्त्रालयको नियम उल्लंघन नगर्न अनुरोध गरिन्छ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *