बाँस्कोटा प्रकरण : चार अर्ब ताकेको सरकारलाई ७० करोड मामुली

२०७६ फाल्गुन १०, शनिबार ११:०१ गते २०७६ फाल्गुन १०, शनिबार ११:०१ गते २०७६ फाल्गुन १०, शनिबार ११:०१ गते

काठमाण्डौ।सत्तरी करोड़ साह्रै थोरै भएकाले यो डिल अघि नबढेको देखिन्छ । यो गोकुलजी र ओलीजीलाई मात्रै भाग लगाउने कुरो पक्कै थिएन । मन्त्रिपरिषदबाट पास गर्नुपर्ने र संसदको सार्वजनिक लेखा समितिको समेत चित्त बुझाउनुपर्ने हुनाले सत्तरी करोडमा सरकारले चित्त बुझाएन । गोकुल त कन्भिन्स्ड़ नै देखिए पनि ओलीजी खुशी नभएको बुझियो । कम्तिमा ३÷४ अर्ब ताकेको सरकारलाई ७० करोड़ मामुली लाग्यो । यो सरकार बन्नेबित्तिकैको कुरो रहेछ । अनेक प्रयास, वार्ता र कमिशनको निर्धारणपछि पनि हुनै लागेको डि’ल नभएपछि दलालहरूलाई ठूलो क्ष’ति भयो । १५ करोड जति कमिशन आउने लोभमा डिल गर्न एकदुई करोड़ पक्कै पहिल्यै खर्च भएको हुनुपर्छ ।

देशविदेशको दौडधूप, एक्सेस बनाउन स्वकीय सचिबदेखि आ’सेपासेलाई चियापानी र उपहारमैं त्यति रकम जाँदो हो । तिनले यो चौधपन्ध्र महिना निरन्तर ताकेता गरिरहे । कति चिया पिलाइरहे । तर अर्ब र करोड एउटै नभएकाले ठूलो दलालका अगाडि छोटे दलालको केही लागेन ।जब ठेक्का अर्कै कम्पनीमा जाने निश्चित भयो, तिनले अडियोलाई हतियार बनाए । प्रधानमन्त्रीलाई सुनाए । केही मूलधारका मिडियासम्मले पनि यो सुनेको देखियो । भनिन्छ त्यसमा स्याटेलाइट खरिदसम्मका अझ ठूला कमिशनको डिलका कुरा पनि छन् । यो देश बचाउन पक्कै सुनाइएको थिएन । आफ्नो स्वार्थका निम्ति सुनाइएको थियो, ध’म्क्याउन देखाइएको थियो । तर ओली टसमस भएको देखिएन । झन उग्र रूपमा उनले आफू भ्रष्टा’चारवि’रुद्ध भएको र गोकुल सबैभन्दा क्षमतावान् मन्त्री भएको भाषण गरे ।ओलीले गोकुललाई त्यो अडियोबारे जानकारी गराए । गोकुलले मान्छेहरू करोड़को र अरबको क’मिशन बोकेर आफूकहाँ आउने गरेको भाषण गरे । उनलाई लाग्यो, त्यो अडियो एक त सार्वजनिक नहोला ।

कुनै अन्य क्षेत्रमा भाग दिने आश्वासनले काम गर्ला, केही गरी आइहाल्यो भने पनि द’लालले दिएको कमिशनको लो’भमात्रै हो भनेर टार्न सकिन्छ भनेर उनले बाल नदिएको जस्तो देखियो ।कुनै उपायले काम नगरेपछि यो अडियो बाहिर आयो र मूलधार भनेर नपत्याइएका एक साहसी पत्रकारले यो अडियो सार्वजनिक गरे । विज्ञापन, कमिशन र सत्ताका कतिसम्म ताबेदार छन् मूलधारका मिडियाहरू भन्ने पनि यो प्र’करणले देखायो। यस्ता द’लाल ’दलाल’का पनि द’लाल हुन्छन् । विदेशी कम्पनीका आधिकारिक ’दलाल’ यी पक्कै होइनन् । आधिकारिक द’लालले ट्रÞ्याक बाहिर गएर कमिशनको कुरा गर्न गाह्रो हुन्छ ।

आफ्नो प्रतिष्ठाका कारण पनि ती कम्पनीले देखिने गरी यस्तो डि’ल गर्दैनन् । बाहिर आएको अडियोमा सेक्युरिटी प्रेसको मात्रै क’मीशनको कुरो छ । द’लालले आफूलाई देशभक्त देखाउन अन्य भाग काटेका छन् ।त्यसमा स्याटेलाइट खरिदको कुरो पनि रेकर्डेड छ भनिन्छ । यदि यी दलाल, यो पुरानो र अहिले हुन लागेको नयाँ डिलमा सहभागी सबैलाई अनुसन्धानको दायरामा ल्याउने हो भने ठूलो रÞ्याकेटको प’र्दाफास हुनसक्छ । तर, ल्याउने कसले र कसको पर्दा उठाउने ? देशका सबैजसो शासक र नेता त्यही पर्दापछाडि छन् ।एजेन्सी।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *