पूर्व उप-प्रधान तथा अर्थमन्त्री स्व. अधिकारीको वार्षिक पुण्य तिथीको अवसरमा आज स्‍मृतिसभाको आयोजना

२०७६ फाल्गुन १९, सोमबार ११:१५ गते २०७६ फाल्गुन १९, सोमबार ११:१५ गते २०७६ फाल्गुन १९, सोमबार ११:१५ गते

समिर नेपाल/काठमाडौं, १८ फाल्गुण – पूर्व उप-प्रधान तथा अर्थमन्त्री स्व। भरतमोहन अधिकारीको वार्षिक पुण्य तिथीको अवसरमा आज स्‍मृतिसभाको आयोजना गरिएको छ । भरतमोहन अधिकारी स्‍मृति फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रम फाउण्डेसनका अध्यक्ष एवम् स्व. नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारीको सभापतित्व तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतमोहन अधिकारी र्इमान र निष्ठालाई कायम राख्दै राष्ट्र र समाजको निम्ती लागि परेको एक गुणवान नेता भएको बताए । अध्यक्ष दाहालले आफूले २०३६ सालमा भरतमोहनसँग पहिलो पटक प्रत्यक्ष रुपमा भेटघाट गरेको स्मरण गर्दै स्व अधिकारी एक सरल ब्यक्तित्व एवम अदभुत बिश्लेषण क्षमता र बहस गर्न सक्ने खुबीको नेता रहेको पनि स्पष्ट पारे । उनले स्व. अधिकारीलाई आफुले अघिल्लो पुस्ताका असल अभिभावकको रुपमा लिने गरे भन्दै नेपालको कम्यूनिस्ट र राजनीतिक आन्दोलनमा उनको महत्वपूर्ण योगदान रहेको उल्लेख समेत गरे । उनको छवी लोकप्रिय र प्रजातान्त्रिक प्रकृतीको थियो भन्दै अध्यक्ष दाहालले अधिकारीले बुढाबुढीलाई मार्छन् भन्ने मिथकलाई वृद्ध भत्ता मार्फत तोडन सफल भएको भन्दै उनको कुशल र बौद्धिक क्षमता तारिफ योग्य रहेको धारणा राखे । साथै राम्रो सुन्न सक्ने, बुझ्न सक्ने र त्यसलाई कार्यन्वयन गर्न सक्ने,आर्थिक नितीलाई जनतासँग जोडने कार्य अधिकारीका महान उपलब्धी रहेको बताए ।

त्यसैगरि, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले वक्ताका रुपमा बोल्ने क्रममा स्व। भरतमोहन अधिकारी ब्यक्तिगत रुपमा सरल, शालिन र सह-अस्तित्वमा विश्वास गर्ने अर्थशास्त्रीय दृष्‍टिकोणमा पनि राम्रो र राजनीतिक रुपमा क्षमतावान नेता रहेको बताए । साथै नेता लोहनीले स्व। अधिकारीले अरुको कुरा सुन्न सक्ने नेता हुनुका साथै उनले जनतालाई राजनीतिसँग जोडने कार्य गरेको औल्याए । लोहनीले उनी प्रोग्रेशिभ तथा सोसल लिबेरलका हिमायाती रहेको पनि बताए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै फाउण्डेसनकी अध्यक्ष तथा स्व. अधिकारीकी धर्मपत्नी सविता अधिकारीले स्व. नेता अधिकारीको विचार र कार्यशैलीलाई अनुशरण गर्न सकेको खण्डमा राजनीतिक नेतृत्व र अन्य नेताहरुले पनि सफलता हासिल गर्न सक्ने धारणा राखेकी थिईन । सोही अवसर माझ नेकपा अध्यक्ष दाहाल र नेता लोहनीले ‘हाम्रो नजरमा भरत मोहन अधिकारी’ नामक पुस्तकको विमोचन समेत गरे । पुस्तक विमोचन गर्नु अघि भरतमोहन अधिकारी स्‍मृति फाउन्डेसनका महासचिव डा. पदम प्रसाद खतिवडाले पुस्तकमा विभिन्न ब्यक्तित्वको लेख सहित राजनीति खण्ड, अर्थ खण्ड, उद्योग खण्ड, सहकारी खण्ड, वैचारिक खण्ड समावेश रहेको भन्दै पुस्तक र्इतिहासको दस्तावेज र प्रेरणाको स्रोत बन्ने टिप्पणी गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *