रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाए ।

२०७६ फाल्गुन १९, सोमबार १५:४६ गते २०७६ फाल्गुन १९, सोमबार १५:४६ गते २०७६ फाल्गुन १९, सोमबार १५:४६ गते

काठमाडौं १९ फागुन,। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । लगत्तै उनी पक्राउ परेका थिए ।

प्रहरीलाई बयान दिँदै तिरूवाले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको भनेका छन् ।

घटनाको छानविनका लागि प्रहरीले अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति पनि गठन गरिसकेको छ ।

स्रोत: Onlinekhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *