चोरी गरेर पार्किङ गरि राखिएको अवस्थामा स्कुटर फेला

२०७६ फाल्गुन २३, शुक्रबार १८:०८ गते २०७६ फाल्गुन २३, शुक्रबार १८:०८ गते २०७६ फाल्गुन २३, शुक्रबार १८:०८ गते

काठमाडौं २३ फागुन चोरी गरेर पार्किङ गरि राखिएको अवस्थामा चोभारबाट स्कुटर समातिएको छ । २१ गते राती करिब १० बजे टौदह स्थित घरमा पार्किङ गरेर राखेको बा ७६ प ७९८ नम्बरको स्कुटर चोरी भएको थियो। उक्त स्कुटर किर्तिपुरका प्रहरी जवान केशर महताराले बिहीबार साझ सात बजे २१ घण्टाभित्र चोभारबाट घरभित्र पार्किङ गरिएको अवस्थामा समातेका हुन्। सो स्कुटर चोरीमा तीन जना व्यक्तिको मिलेमतोमा चोरिएको थियो र अनुसन्धान पछि चोरले चोरी पछि आफू बस्ने घरको पार्किङमा लुकाएर राखिएको अवस्था प्रहरीले फेला पारेको थियो ।

प्रहरी जवान महताराले हालसम्म कीर्तिपुरबाट मात्रै ६७ वटा चोरीका बाइकहरु समातिसकेका छन्। त्यसैगरी उनले ब्राउन सुगर, १ केजि चरेस समेत बरामद गरिसकेका छन्। साथै उनले गोप्य सूचनाको आधारमा किर्तिपुरको वडा न. ४ सल्यानथानमा १० हजार लिटर अवैध घरेलु मदिरा समेत डिसपोज गरेका हुन्। किर्तिपुरमा आएको दुई महिनामै उनले धेरै उपलब्धि हासिल गरेका छन् आएको छोटो समयमा नै उनको कामलाई स्थानियवासीले प्रसंसा गर्ने गरेका छन् । किर्तिपुरका प्रहरी प्रमुख डिएसपी छेदिलाल कामतीले समेत उनको कार्यको प्रशंसा गर्दै आएका छन् । यस्ता उपलब्धि कै कारण उनी किर्तिपुर नगर मै चर्चामा छन्। विशेषतः उनको काम गर्ने शैली र अहोरात्र खटाइका कारण उनले सफलता हात पार्न सफल भएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *