होलीको अवसरमा ग्लोरी मिडियाले होली फेशन फेस्ट तथा म्युजिकल इभेण्ट कार्यक्रम आयोजना ।।।

२०७६ फाल्गुन २७, मंगलवार १५:०५ गते २०७६ फाल्गुन २७, मंगलवार १५:०५ गते २०७६ फाल्गुन २७, मंगलवार १५:०५ गते

समिर नेपाल/काठमाडौं, २६ फाल्गुण -होलीको अवसर पारेर ग्लोरी मिडियाले होली फेशन फेस्ट तथा म्युजिकल इभेण्ट कार्यक्रम आयोजना गरेको छ ।अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मिडियाका अध्यक्ष एवम् सिईओ सरोज ओझा र नेपाल चेम्बरकी उप-निर्देशक श्रृष्टि त्रिपाठीले संयुक्त रुपमा गरे। उक्त इभेण्टमा मोडलहरुलाई र्याम्पमा उतारिएको थियो भने कलाकारहरुले गायन, नृत्य, जादु, कमेडी लयायतका सांगितिक एवम् प्रहसन प्रस्तुती दिएका थिए। फेशन विधा अन्तर्गत बालबालिका, किशोरकिशोरी एवम् युवाहरु गरि कुल २१ जना र्याम्पमा उत्रिएका थिए। ईभेण्ट कोरियोग्राफर केडी भट्टराईले उनीहरुलाई होली,नारी हिंसा, कल्चरल र मोडर्न गरि ४ भिन्न थिममा आधारित रहि क्याटवाक सहित र्याम्पमा प्रस्तुत गरेका हुन् । हास्य कलाकार गोपाल ढकाल’छन्देु’,ज्योतीविहिन कलाकारहरु लगायतले कार्यक्रम माझ प्रस्तुती दिएका थिए। काठमाडौं उद्योग वाणिज्य संघकी कोषाध्यक्ष समेत रहेकी वरिष्ठ सौन्दर्यविद् सुश्मा महराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कर्पोरेट म्यागजिनका अध्यक्ष उज्जवलजंग शाह र नेपाल चेम्बरकी उपनिर्देशक श्रृष्टि त्रिपाठी बिशेष अतिथि र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, वीरेन्द्र शान्ति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, इभेण्ट ब्यवस्थापन संघका सह सचिव डेभिल सिंह राजपुत अतिथिका रुपमा उपस्थिती थिए । ग्लोरी मिडियाले आयोजना गरेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको थियो भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनर, क्यूपिड स्टुडियो फोटोग्राफी पार्टनर, एमी मेकअप पार्टनर, एक्स जि एस एडुकेसन पार्टनर र फेसियल हाउस, ए टु जेड, गो अर्गानिक, कोकाकोला र सिजी नेपाल आईस एशोसियट पार्टनरका रुपमा रहेका थिए ।
इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होली र अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको ईभेण्ट आयोजक कंपनी ग्लोरी मिडियाका अध्यक्ष एवम् सिईओ सरोज ओझाले जानकारी दिए ।’होली र अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा मनोरन्जन र सचेतना दुवै पस्कने उदेश्यका साथ होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्टको आयोजना गरेका हौ’उनले भने । त्यसैगरि ईभेण्ट कोरियोग्राफर केडी भटट्राईले मोडलहरुलाई एकै साथ होली,नारी हिंसा, कल्चरल र मोडर्न थिममा हिडाउँन पाउँदा आफूलाई खुसी लागेको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *