मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२०७६ फाल्गुन ३०, शुक्रबार १०:१९ गते २०७६ फाल्गुन ३०, शुक्रबार १०:१९ गते २०७६ फाल्गुन ३०, शुक्रबार १०:१९ गते

धनगढी,३० फागुन,। कञ्चनपुरमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

म १ प ९५८५ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–२, भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले दुर्घटनाको पुष्टि गर्दै भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको ज्यान गएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार, दुर्घटनामा घाइते सुरजलाई महाकाली अस्पताल र दिनेशलाई धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । तर अस्पतालले दुवैलाई बचाउन सकेन । दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोत:Onlinekhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *