हेर्नुहोस लक डाउन पछिको पछिल्लो अपडेट

२०७६ चैत्र ११, मंगलवार ०७:५९ गते २०७६ चैत्र ११, मंगलवार ०७:५९ गते २०७६ चैत्र ११, मंगलवार ०७:५९ गते

प्रदेश अनलाइन खबर। काठमाडौं ११ चैत। सरकारले आज बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरे संगै काठमाडौं लगाएत देशैभरीको आवतजावत पुर्ण रुपमा ठप्प भएको छ । घर बाहिर मान्छेहरु निस्केका छैनन् । सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर निस्किन मिल्दैन भनेर भनिसकेको छ।देशैभरी सार्वजनिक यातायातका गाडी पुर्णरुपमा बन्द छन् ।

सवारी साधानहरू तथा मानिसहरुको भिडभाड्, ट्राफिक जाम, कोलाहाल काठमाडौँको शहरको अर्को परिचय हो भन्दा फरक पर्दैन। तर आज अत्यावश्यक बाहेकका यातायातका गाडी पुर्णरुपमा बन्द छन् सडकमा एम्बुलेन्स,पानी बोक्ने गाडी र तरकारी बोक्ने गाडी मात्र देखिएका छन् चोकचोक मा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मङ्गलबार बिहान ६ बजेदेखि यही चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको हो। सोमबार एक युवतीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएपछि सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *