कोरोना भाइरसलाई नाश गरिदिने झुठो दाबी गर्दै भ्रम फैलाउने क्रीस्चियन पास्टर पक्राउ

२०७६ चैत्र ११, मंगलवार १३:३० गते २०७६ चैत्र ११, मंगलवार १३:३० गते २०७६ चैत्र ११, मंगलवार १३:३० गते

प्रदेश अनलाइन खबर। काठमाण्डौ।कोरोना भाइरसलाई नाश गरिदिने झुठो दाबी गर्दै भ्रम फैलाउने क्रीस्चियन पास्टर केशव आचार्य पक्राउ परेका छन् ।कास्की प्रहरीले पास्टर आचार्यलाई भ्रम फैलाएको कारण पोखरा महानगरपालिका वडा नम्बर २९ लेखनाथबाट पक्राउ गरेको हो ।पास्टरले यशुको नाममा चर्चमा सोझासाझा नागरिकलाई जम्मा पारेर कोरोना भाइरस नष्ट पारिदिने भन्दै भ्रम फैलाएको, यस्तो कार्यबाट जनतामा कोरोना भाइरलबारे भ्रम पैदा हुने र रोकथाममा अवरोध समेत पुग्न सक्ने हुँदा अफवाह फैलाएको कसुर अपराधमा पास्टरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दान बहादुर कार्कीले बताए ।

राज्य पुरै लक डाउनको अवस्थामा महामारी नियन्त्रणमा सबै जनताले सहयोग गर्न अपिल गर्दै एसपी कार्कीले गलत अफवाह फैलाउने, सामाजिक संजालमा गलत सूचना प्रवाह गर्ने लगायत महामारीको अवस्थामा कानुन विपरित जानेलाई कानुनी दायरामा ल्याईने बताएका छन् ।सामाजिक संजालमा झुठो भ्रम फैलाउने भिडियो सामाग्री सार्वजनिक भए लगत्तै पास्चर आचार्यको खोजी शुरु गरेको थियो ।पास्चर आचार्यले चर्चमा विभिन्न किसिमको रोग तथा दुखाइ समेत ठिक पारिदिएको झुठो भिडियो समेत सार्वजनिक भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *