दुइ गुणा बढ्यो इन्टरनेट खपत

२०७६ चैत्र १२, बुधबार ०८:४४ गते २०७६ चैत्र १२, बुधबार ०८:४४ गते २०७६ चैत्र १२, बुधबार ०८:४४ गते

काठमाडौं, १२ चैत: कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको छ । दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर विस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग गतिलो विकल्प बन्दा यसको खपत बढेको पाइएको छ । यसबाहेक कोरोना भाइरससँग सम्बन्धित सूचना तथा जानकारीका लागि अनलाइन सजिलो माध्यम भएकाले अन्य दिनमा भन्दा इन्टनरेटको खपत तुलनात्मक रूपमा बढिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *