क्वारेन्टाइनमा रहेका एक विरामीको मृत्यु, कोरोनाको पुष्टी हुन बाँकी

२०७६ चैत्र १३, बिहीबार ०१:३० गते २०७६ चैत्र १३, बिहीबार ०१:३० गते २०७६ चैत्र १३, बिहीबार ०१:३० गते

समिर नेपाल/कास्की १३ चैत – रुपा गाउपालिकास्थिति विश्वशान्ति माध्यमिक विद्यालय देउराली क्वारेन्टाइनमा राखिएका एक विरामीको मृत्यु भएको छ। बुधवार करिब साढे ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा उनको निधन भएको हो। भारतमा रोजगारी गर्दै आएका ५० वर्षिय रुपा गाउपालिका–७ का ति व्यक्तिको १२ दिन अगाडि नेपाल आएको देउराली स्वास्थ्य केन्द्रका प्रमुख आनन्द जोशीले बताए। उनी चैत्र ११ गते मंगलबारबाट रुपा गाउपालिका देउरालीमा रहेको विश्वशान्तीको क्वारेन्टाइलमा बसेका थिए। क्वारेन्टाइलमा बसेको भोली पल्टै उनको अचानक मृत्यु भएको हो।

११ वजे खाना खाएर सुतेका विरामी साढे २ बजेतिर ज्वरो जाँच्न भनेर नर्सहरु पुग्दा उनको अवस्था असामान्य रहेको पाइएपछि विरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको स्वास्थ्य चौकी प्रमुख आनन्द जोशीले बताए। क्वारेन्टाइनमा रहेको दुई दिनमै मृत्यु भएका निज व्यक्तिको मृत्युको कारण भने एकिन भइनसकेको छैन। उनको मृत्यु कोरोनाबाट भए वा नभएको पुष्टी हुन थप केही दिन लाग्ने चिकित्सकहरुले बताएका छन्। मृतक बसेको रुपा देउराली स्थित विश्वशान्तिको क्वारेन्टाइनमा उनी सहित २२ जना बसेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *