सबै खर्च बेहोर्न तयारनेपाली कामदार को मलेसिया

२०७५ आश्विन १४, आईतवार ०३:१० गते २०७५ आश्विन १४, आईतवार ०३:१० गते २०७५ आश्विन १४, आईतवार ०३:१० गते

आइतवार, अशोज १४, २०७५       काठमाडौं,मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ।

मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको हो।

यो सहमति कार्यान्वयनमा ल्याउन दुई सातापछि मलेसियाली मानव संशाधनमन्त्री नेपाल आएर श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने बताइएको छ। मन्त्रालयका अधिकारीका अनुसार स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत शीर्षकमा कामदारले बुझाउँदै आएको रकम बेहोर्न मलेसिया सरकार राजी भएको छ

 

, यो खबर आजको नागरिक दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *