चार सय बढिको मृत्यु ;इन्डोनेशियामा भूकम्प पछि सुनामी

२०७५ आश्विन १४, आईतवार ०३:१९ गते २०७५ आश्विन १४, आईतवार ०३:१९ गते २०७५ आश्विन १४, आईतवार ०३:१९ गते

आइतवार, अशोज १४, २०७५    शुक्रबार इन्डोनेशियाली द्वीप सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या चारसय बढी पुगेको छ ।

मृत्यु हुनेमध्ये सबैभन्दा धेरै पालू शहरका हुन् । यो शहरमा शुक्रबार करिब १० फिट अग्लो छाल प्रवेश गरेको थियो ।

पालू शहरबाट आइरहेको तस्बिरमा छरिएका सयौं शवलाई स्पष्ट देख्न सकिन्छ ।

सरकारी अधिकारीका अनुसार शहरको सबैभन्दाथुप्रै ठूलो अस्पताल पनि क्षतीग्रस्त भएको छ । यस कारण अस्थायी शिविरमा घाइतको उपचार चलिरहेको छ ।

इन्डोनेशियाली सेनाले स्थानीय हवाई अड्डामा पनि आशिंकथुप्रै क्षती पुगेका कारण मद्दतका लागि पालू शहरसम्म पुग्न समस्या भइरहेको जानकारी दिए ।

आफूहरुले लगातार राजधानी जकार्तादेखि सुलावेसी द्वीपमा सैन्य मद्दत पुर्याउने कोशिश गरिरहेको इन्डोनेशियाली सेनाले जानकारी दिएको छ ।

इन्डोनेशियाली सरकारले शनिबार पनि भूकम्पका धक्का महसुस गरिएको जानकारी दिएको छ । हज्जारौं घरमा क्षती पुगेको छ । केही अस्पताल, होटल र शपिङ सेन्टर पनि क्षतीग्रस्त भएको छ ।

सुनामी आएको पालू शहरको जनसंख्या करिब तीन लाख बताइएको छ ।

त्यतिबेला इन्डोनेशियामा मात्र करिब सवा लाखको मृत्यु भएको थियो ।

यहाँका एक मन्त्रीका अनुसार शहरमा उद्दारकार्य जारी छ । पालूमा टेलिफोन र बिजुलीको आपूर्ती बन्द छ । साथै शहर जाने मुख्य सडक भूस्खलनका कारण भास्सिएको छ ।

पछिल्लो एक महिनामा इन्डोनेशियामा थुप्रै भूकम्प आइसकेका छन् । गत अगस्ट ५ तारिखमा इन्डोनेशियाको लामबोकमा आएको भूकम्पका कारण चार सय ६० बढीको मृत्यु भएको थियो ।

सन् २००४ मा इन्डोनेशियाको सुमात्रा द्वीपमा थुप्रै भूकम्प आएपछि हिन्द महासागर मा सुनामी आएको थियो जसमा दुई लाख २६ हजारको मृत्यु भएको थियो ।

 

एजेन्सी

ratopati

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *