घरधनीले घरभाडा मिनाहा गरनुपर्छ – उद्योग वाणिज्य संघ

२०७६ चैत्र १३, बिहीबार २२:४१ गते २०७६ चैत्र १३, बिहीबार २२:४१ गते २०७६ चैत्र १३, बिहीबार २२:४१ गते

कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागी सरकारले लगाएको लकडाउनले धनकुटा लगायत देशभरीका उद्योग, व्यापार, व्यावसाय बन्द भएकोले लकडाउन अवधिभरको बैकको ब्याज र घर भाडा महिना गरी सहयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले सम्वन्धित अनुरोध गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग (तारा)ले विज्ञप्ती प्रकाशित गरी लक डाउनका कारण उद्योग धन्दा, व्यापार व्यवसाय धरासायी बन्दै संकटमा परी ठूलो समस्या उत्पन्न भएकोले बैकको व्याज र घर भाडा मिनाहा गरी सहयोग गरी दिन हुन सम्वन्धित पक्षसंग अनुरोध गरेेेेका हुुन् ।

बैक तथा वितिय संस्थाबाट (लघुबृत्त, सहकारी) ऋण लिएर र घर भाडामा लिएर संचालन गरिएको उद्योग, धन्दा, व्यपार, व्यवसाय सरकारको कोरोना भाईरस नियन्त्रणका लागी लकडाउन गर्ने निर्णयको समर्थन गरी सहयोग गर्दै पूर्ण रुपमा बन्द गरिएको हुदा लकडाउन गरिएको समय देखी नेपाल सरकार र वितिय संस्था (लघु बृत्त, सहकारी) संचालकहरुलाई बैक र लघुवित्त, सहकारी संस्था लगायत सवै वितिय संस्थाबाट लिएको ऋणको व्याज मिनाहा गर्न र (घरवाला)घर धनीहरुलाई समेत लकडाउन अवधीभरको घर भाडा नलिई छुट गरी दिन हुन विज्ञप्ती मार्फत संयूक्त रुपमा अनुरोध गरिएको छ।

लकडाउनको इमानदारीतापूर्वक पालना गरी घरमाननै वसी सहयोग गर्न सवै उद्योगी, व्यपारी, व्यवसायी लगायत समस्त धनकुटेली जिल्लावासीहरुमा समेत विज्ञप्ती मार्फत धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *