पोखरा १३ चैत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङ बिहीबार आफै औषधी बोकेर सडकमा आएका छन्। पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कने क्रममा उनी आफै सडकमा आएका हुन। औषधी छर्ने क्रममा महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने बताए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0