-जुनु श्रेष्ठ | बिश्वभरी एउटा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ जुन नेपालमा झन्डै २ महिना अगाडि देखा परेको थियो। संक्रमण देखापरेका व्यक्ति त निको भएर घर फर्किए तर यो माहामारीले विश्वव्यापी रुप लिदै गर्दा नेपाल सरकार कुन दुलोमा पसेको थियो। भारत सरकारले रास्ट्रको नाममा सम्बोधन गरेर कोरोना रोकधामको लागि जनता कर्फ्यु र राहतको कोषको स्थापना गर्यो हाम्रो देशका सममाननिय प्रधानमन्त्री ज्युले बेलुका ५ बजे रेकर्ड गरेर हुबहु छिमेकीले १० अर्ब गर्दा हाम्रो देशले १० करोडको राहत कोष घोषणा गरियो…आवश्यक तयारी बिना नै एक ब्यक्ति संक्रमणित देखिएपछि सरकार आतियो र एकाएक लकडाउन गर्ने घोषणा गर्यो। सरकारले आम नेपाली जनमानसको स्वास्थ्य सङ्ग खेलवाड गर्दैछ ।
मेरो बुझाइ।
सरकार यी सात गल्ती जुन मैले तल उल्लेख गरेकि छु।
१ देशमा आपतकालीन अवस्थाको लागी कुनै पुर्व तयारी नगर्नु ।
२ राज्यको प्रमुख व्यक्तिले भाषणमा मात्र सिमित हुनु काम तर्फ जिम्मेवार नहुनु देशको स्वास्थ्य मन्त्री जो संचारमाध्यम सङ्ग स्पष्ट जवाफ दिन नसक्नु ।
३ देशमा रहेको एक मात्र टेकु अस्पताल लाई मात्र प्रयोगमा ल्याउनु अन्य सरकारी अस्पताल र निजि अस्पताल सङ्ग समन्वय गर्न नसक्नु।
४ सबैभन्दा असुरक्षित र जोखिम मोलेर काम गर्ने अस्पतालका कर्मचारी देखि संचारकर्मी,सुरक्षाकर्मीलाई अतिआवस्यक सामग्री जस्तै पिपिआई,माक्र्स,सेनिटाइजर, आदि आदि सामग्री उपलब्ध गराउन नसक्नु।
५ बिदेश बाट आएका नागरिकको पुर्णरुपमा स्वास्थ्य जाँच नगर्नु र ट्रैकिङ गर्न नसक्नु सरकारको लाचारितापन हो ।
६) दैनिक ज्यालादारी गर्ने मजदुर र गरिब परिवार लाई राहतको व्यवस्था गर्न नसक्नु दैनिक उपभोगय सामग्रीको कालोबजारी र अभाव लाई नियन्त्रण गर्न नसक्नु ।
७) देशको राजधानी बाहेक अन्य ठाँउ बाट संक्रमणितको नमुना जाँच गर्ने सहज बाताबरण नहुनुका साथै जनशक्तिको अभाव हुनु ।
यी आदि इतियादी गल्तीहरु सरकारले नसच्याय अझ अहिलेको भन्दापनि भयभित अवस्था सिर्जना हुनेछ। आज संख्या चार पुगेको छ यस्तै अवस्था रहे चारको पछाडि धेरै सुन्नाहरु जोडीने केही बेर न लाग्ला। सरकार अझै समय छ, उचित बेबस्ता गर्न र सचेत बन्न। येसै अहिलेको जसरी ढिला सुस्ती गरे धेरै भयावह स्थिती आउने छ। ठुलो धनजनको क्षेति बेहोर्नुपर्ने हुन्छ ।
सरकारलाई जनताले अभिभावक मानेर उनले चालेको कदममा कदम मिलाउने कोशिश गर्दै छौ धेरै बाधा, अफ्ट्याराका बाबजुद पनि हामी साथ दिने प्रणमा मै छौ।
तर यो ढिला सुस्ती देख्दा त सरकारले आभिवाकत्व निभाउन कन्चुस्याइ गरेको देखिदैछ।
Views: 0