चिनबाट नबिन बिकको स्वास्थ्य मन्त्रीलाई खुला-पत्र, ३ करोड नेपालीको स्वास्थ्यमा खेलबाड किन गर्नु भयो मन्त्रीज्यु ?

२०७६ चैत्र १६, आईतवार १४:०३ गते २०७६ चैत्र १६, आईतवार १४:०३ गते २०७६ चैत्र १६, आईतवार १४:०३ गते

काठमाडौ । चिनको गोन्जाउमा १५ बर्ष देखि व्यापार गरिरहेका नवीन बिकले आफ्नो फेसबुकबाट स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई खुला-पत्र पठाएका छन् । चिनबाट ल्याएको मेडिकल सामग्रीमा करोडौं भ्रष्टाचार भएकोले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ, पत्रमा उल्लेख छ । हेर्नु होस नवीन बिकको पत्र …

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।

यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ ।

नविन विकले फेसबुकमा राखेको जानकारीलाई आधार मानेर अमेरिकी डलर १ बराबर नेपाली १२० राखेर हिसाव गर्दा ५ वटा सामानमा मात्रै ५४ करोड ५३ लाख ४३ हजार ३ सय २० रुपैयाँको कमिसन चक्कर देखिन्छ । 

कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड? गाउनमा मात्रै ११ करोड? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु?

N 95 माक्सलाई रु.३०० मा बेच्यो भनेर औषधी पसललाई कारबाही गरेको सरकारले अब ७ डलर (नेपाली रु ८५० ) मा खरिद गर्ने भएकाे छ । भाउ बढेकाे हाे कि कमिसन बढेकाे ? भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न उठाइरहेका छन् । यतिमात्रै हेन । राजनैतिक विश्लेक भरत दाहालले जहाज भाडामा मात्र ४२ लााख डकैति भनेर स्टाटस लेखेपछि पर्यटनमन्त्री योगेश भट्टराइले फेसबुकमै त्यसको जवाफ फर्काएका थिए ।

भरत दाहालले फेसबुकमा लेखेको स्टाटस्

चीनबाट कोरोना उपचारका सामग्रीहरु ढुवानी गर्न भाडामा लिईएको नेपाल वायूसेवा नियमको भाडा दर ८० हजार अमेरीकी डलर छ तर सो ढुवानी भाडा भुक्तानीका लागि मन्त्री योगेश भट्टराईले हस्ताक्षर गरेर स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा १ लाख १५ हजार अमेरीकी डलर भुक्तान गरिदिन उल्लेख गरिएको छ। ढुवानी भाडामा मात्र दिनदहाडै ३५ हजार अमेरीकी डलर (४२ लाख रुपैयाँ) डकैति।

पर्यटनमन्त्री योगेश भट्टराइले फेसबुकमै दिएको जवाफ
भरत दाहालको फेसबुकमा नेपाल एयरलाईन्सलाई स्वास्थ्य मन्त्रालय मार्फत गरिने भुक्तानीका बारेमा मलाई जोडेर लेखिएको कुरा पुरा पुर झुठ हो । स्वास्थ्य मन्त्रालय मार्फत अर्डर गरिएका स्वास्थ्य सम्बन्धि सामाग्री लिन नेपाल एयरलाईन्सको जहाज आज चिनको ग्वान्जाओ गएको सांचो हो । सामाग्री ल्याउन जिम्मा पाएको संस्था/ ब्यक्तीले एयरलाईन्सलाई कार्गो बापत तिर्नु पर्ने रकम आज शनिबार परेकोले जम्मा गर्न नसक्ने भनेको तर COVID 19 का लागि अतिआबश्यक सामाग्रीहरु यथासिघ्र ल्याउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालयको बिश्वसमा पछि स्वास्थ्य मन्त्रालय मार्फत सिधै नेपाल एयरलाईन्सलाई भुक्तनी गर्न पनि सकिने सर्तमा जहाज उडाउन मैले अनुरोध गरेको हुँ । मुलुकको अवस्था र आपतकालीन स्थितिलाई बुझेर मैले जे गरे ठिकै गरेको छु । नेपाल एयरलाईन्सले कार्गो बापत प्रचलित मुल्य लिनेहो र त्यो रकम सम्बन्धित संस्थाले तिर्ने हो । मैले कुनै लिखित आदेश गरेको छैन र मुल्य मैले तोक्ने पनि होइन । अड्कल पन्डितहरुलाई यो कुरा राम्ररी जानकारी होस् ।एजेंसी।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *