एशियाकै धनाढ्य ज्याकमाले पठाएको १ लाख मास्क आइपुग्यो नेपाल : हेर्नुहोस विवरण।

२०७६ चैत्र १६, आईतवार १६:०६ गते २०७६ चैत्र १६, आईतवार १६:०६ गते २०७६ चैत्र १६, आईतवार १६:०६ गते
Mandatory Credit: Photo by Vianney Le Caer/REX/Shutterstock (5563535k) Jack Ma is interviewed by a journalist during the United Nations Commission on Financing Global Education Opportunity meeting. United Nations Commission on Financing Global Education Opportunity meeting, London, Britain - 24 Jan 2016

काठमाण्डौ। विश्वचर्चित अनलाइन कम्पनी अलिबाबाका संस्थापक तथा एशियाकै धनाढ्य व्यक्ति ज्याकमा र चीनका विभिन्न संस्थाले गरेको सहयोग नेपाल आइपुगेको छ ।यसअघि ज्याकमाले नेपालसहित दक्षिण तथा पूर्वी एशियाका ९ देशलाई सहयोग गर्ने घोषणा गरेका थिए । अलिबाबा फाउन्डेसन तथा ज्याक मा फाउन्डेसनमार्फत उनले १ लाख २०० थान एन ९४ मास्क र २० हजार ६४ वटा परीक्षण किट नेपाल पठाएका हुन् । मास्कको मुल्य १० लाख ८४ हजार १ सय ६४ चिनियाँ युआन अर्थात् झन्डै १ करोड ८४ लाख नेपाली रुपैयाँ पर्न जान्छ भने परीक्षण किटको मुल्य १ करोड ५५ लाख नेपाली रुपैयाँ बराबर पर्छ ।

अरु के– के आयो ?सिचुवान प्रान्त तथा चिनियाँ दूतावासले सहयोग स्वरुप पठाएको एन९५ मास्क २ हजार थान, डिस्पोजेवल सर्जिकल मास्क २४ हजार, डिस्पोजेबल मास्क २० हजार, सुरक्षात्मक चश्मा ५ सय थान, नन कन्ट्याक्ट इन्फ्रारेड थर्मोमिटर १ सय थान, इयर थर्मोमिटर १ सय थान, क्लोरेक्विन फोस्पेट ट्याबलेट ४ सय बक्स, सुरक्षात्मक पोशाक ५ सय ३० थान र १ थान पोर्टेबल भ्यान्टिलेटर पनि आइतबारै काठमाडौं आइपुगेको छ ।चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, सिचुवान हुवासी ग्रुप र होङ्सी सिमेन्ट लिमिडेटले पनि नेपाललाई सहयोग गर्दैछन् । यी कम्पनीले पठाएको सहयोग अप्रिल १ मा नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *