अभिनेत्री वर्षा शिवाकोटीले प्रधामन्त्री राहत कोष लाई एक लाख दिने

२०७६ चैत्र १६, आईतवार १६:१६ गते २०७६ चैत्र १६, आईतवार १६:१६ गते २०७६ चैत्र १६, आईतवार १६:१६ गते

प्रदेश अनलाइन खबर। काठमाडौं १६ चैत। अभिनेत्री वर्षा शिवाकोटीले प्रधामन्त्री राहत कोष लाई रु. १ लाख सहयोग गर्ने भएकी छिन् । उनले एक भिडियो पोष्ट गर्दै उक्त जानकारी दिएकी हुन् । उनले दिनरात मजदुरि गरेर जिबिकोपार्जन गर्नेहरुको लागि उक्त सहयोग गरेको बताएकी छिन् ।

उनले सामाजिक संजाल मार्फत एक भिडियो संदेश मार्फत भने कि छिन सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपालीलाई असर परेको छ तर पनि बिशेष गरेर दिनरात मजदुरि गरेर जिबिकोपार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाँहरुको लागी जती सक्दो चाँडो राहतको व्यवस्था गर्नु हुनेछ भन्ने आशा गरौँ, यस्को लागी मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु ।’ उनले दिनरात भोकभोकै खट्ने डक्टरहरु, नर्शहरु र मेडिकल सँग सम्बन्धित अन्य व्यक्तिहरु, प्रहरीहरु र कोरोना भाइरसबाट बचाउन लागेका अन्य क्षेत्रका ब्यक्तिहरुलाई धन्यबाद पनि दिएकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *