विदेशी मुद्रा को भाउ निरन्तर ओरालो

२०७५ आश्विन १४, आईतवार ०४:१४ गते २०७५ आश्विन १४, आईतवार ०४:१४ गते २०७५ आश्विन १४, आईतवार ०४:१४ गते

काठमाडौं – बिहीबारको तुलनामा शुक्रबार रियाल र दिर्हामको भाउ थोरै घट्दा रिंगिट स्थिर थियो । शुक्रबार ओरालो लागेको विदेशी मुद्राको मूल्य आज पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ र बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा तोकेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ८१ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४१ र बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ ४२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

ujyaloo

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *